१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पौडेल र भट्टराई मतदातालाई धन्यवाद भन्दै

काठमाडौ– चुनाव हारेपनि मतदातालाई धन्यवाद भन्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नो निर्वाचन क्षेत्रमा फर्केका छन् । तनहुँको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा पराजित भएका पौडेल मतदातालाई धन्यवाद भन्न आइतवार र सोमवार निर्वाचन क्षेत्रमा पुगेका छन् ।

२०४६ सालको परिवर्तनपछि भएका हरेक निर्वाचन विजयी भएका पौडेल यस पटक नेकपा एमालेका कृष्णकुमार श्रेष्ठ किसानबाट ६ हजार ८०२ मतले पराजित भएका थिए । पौडेलले आँबु खैरिनीबाट धन्यवाद भन्दै सत्रसय बरादी, बिमलनगर, डुम्रे, नाहाला, देउराली, कमलबारी लगायतका स्थानमा गरिने कार्यक्रममा सहभागी हुनेछन् ।

भट्टराई पनि गोरखामा

नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराई पनि आफ्ना मतदातालाई धन्यावाद दिन गोरखा गएका छन् ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई गोरखा क्षेत्र नं २ मा पराजित गरेका भट्टराई  जनतासँगको नियमित सम्पर्क कायम गर्न र धन्यवाद भन्न गृहजिल्ला पुगेका हुन् ।

प्रकाशित: २ पुस २०७४ ०७:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App