१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

जुम्ला प्रदेश सभा (ख)मा एमालेका रोकाया भारी मतले विजयी

जुम्ला- जुम्ला प्रदेश क्षेत्र नम्वर (ख) मा वामगठवन्धनवाट नेकपा एमालेका पदम वहादुर रोकाया भारी मतका साथ विजयी भएका छन। उनले निकटतम प्रतिद्धन्द्धी नेपाली काग्रेसका भिमनिधी हमाललाई ५ हजार एक सय ७८ मतले पछि पार्दै विजयी भएका हुन। विजयी रोकायाले १० हजार ४ सय ५८ मत प्राप्त गरेर जीत हासिल गरेका थिए। नेपाली कांग्रेसका हमालले ५ हजार २ सय ८० मत प्राप्त गरेका छन।

यस्तै नेमकिपाका गोर्ख वहादुर वुढाले १ हजार तीन सय ३० मत प्राप्त गरेका थिए । राप्रपा प्रजातान्त्रिकले २ सय ९ मत प्राप्त गरेको छ । ५ सय ४४ मत वदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ । प्रदेश क्षेत्र नम्वर (ख)मा १७ हजार ८ सय २५ मत खसेको थियो । भारी मतका साथ विजयी भएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय पछाडी कार्यकर्ताले रयाली निकालेका छन । यसअघि २०७० सालको संविधान सभाको दोस्रो निर्वाचनमा रोकाया नेपाली काग्रेसका ललितजंग शाहीवाट पराजित भएका थिए।

प्रकाशित: २२ मंसिर २०७४ ०९:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App