१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

काठमाडौंलाई विश्वमा चिनाउने एक मात्र माध्यम चलचित्र क्षेत्रः उपप्रमुख डंगोल

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले काठमाडौं उपत्यकाका संस्कृति र सम्पदालाई विश्वमा पुर्‍याउने एकमात्र माध्यम चलचित्र क्षेत्र रहेको बताएकी छिन्।

राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) ले काठमाडौंलाई ‘फिल्मको रचनात्मक शहर’ को रुपमा सूचिकृत गरेसँगै बुधबार काठमाडौं महानगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएकी हुन्।

उनले युनेस्कोले काठमाडौंलाई ‘फिल्मको रचनात्मक शहर’ को रुपमा सूचिकृत गर्नुले झनै चुनौति थपिएको जिकिर गरिन्। काठमाडौं आफैँमा क्रिएटिभ शहर भएको उनको भनाइ थियो। उनले खानेकुरा, संगीत, डिजाइन, सबै क्षेत्रमा काठमाडौं रचनात्मक शहर भएको उल्लेख गरिन्।

‘हिजोमात्रै रिजल्ट आउट भएको छ, काठमाडौं युनेस्को क्रिएटिभ सिटिज नेटवर्कमा एउटा सिटी छानिएको छ। ५५ वटा नयाँ सिटी छानिएको थियो। काठमाडौं आफैँमा क्रिएटिभ सिटि हो। यो एउटा मात्रै सेक्टर भनेर भन्न सक्दैनौँ, खानेकुरा, संगीत, डिजाइन, सबै क्षेत्र हेर्दा सबै कुरामा क्रिएटिभ छ। ऐतिहासिक रुपमा नै। काठमाडौंको कला, डिजाइन, फिल्म सब सम्पदाहरु सबैलाई विश्वमा देखाउन फिल्म नै एउटा माध्यम हो भन्ने लागेपछि यो विधा छानेका थियौँ। यो हाम्रो लागि एउटा अवसर पनि हो।’ उनले भनिन्।

उपप्रमुख डंगोलले काठमाडौंको कला, डिजाइन, फिल्म लगायत सांस्कृतिक सम्पदाहरु विश्वमा देखाउन चलचित्र क्षेत्र नै एकमात्र माध्यम भएको जिकिर गरिन्।

प्रकाशित: १५ कार्तिक २०८० ०८:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App