२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

महासचिव गुटेरेस लुम्बिनीमा, यस्तो छ कार्यक्रम (तस्बिरसहित)

सयुंक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस लुम्बिनी पुगेका छन्। पोखरा भ्रमण सकेर उनी आज बुद्ध जन्मस्थल लुम्बिनी पुगेका हुन्।

महासचिव गुटेरेसलाई लुम्बिनिमा प्रधानमन्त्री पुष्पकमल दाहाल, पर्यटन मन्त्री सुदन किराँती, लुम्बिनीका मुख्यमन्त्री डिल्ली चौधरी लगायतले स्वागत गरेका छन्।  

लुम्बिनी भ्रमणको क्रममा ४ नं. गेटबाट लुम्बिनी प्रवेश गराएर गुटेरेसलाई शान्तिदिप लगिनेछ। शान्तिदिपबाट पैदलै मायादेवी मन्दिर जाने कार्यक्रम रहेको छ। त्यसपछि उनी बुद्धजन्म स्मारक, पुष्करणी पोखरी, अशोक स्तम्भको अवलोकन गर्नेछन्। 

अशोक स्तम्भमा दिप बाल्नुका साथै उनले वृक्ष रोपण पनि गरेका छन्।

तस्बिरमा हेरौं :

प्रकाशित: १४ कार्तिक २०८० ०६:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App