१९ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस पोखरामा (तस्बिरहरु)

तस्बिर: उमेश पुन/नागरिक

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस सोमबार पर्यटकीय सहर पोखरा आएका छन्। सेनाको हवाइजहाज मार्फत पोखरा आएका गुटेरेसले सोमबारको रात पोखरामै बिताउनेछन्।

मंगलबार बिहान भने गुटेरेस अन्नपूर्ण आधारशिविरि (एबिसी) जाने कार्यक्रम तय भएको छ। गुटेरेसलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सहितले पोखराको पुरानो विमानस्थलमा स्वागत गरेका थिए।

त्यस अवसरमा पोखराका पर्यटन व्यवसायीको समूह पनि गुटेरेसको स्वागतमा विमानस्थल पुगेका थिए। पञ्चेबाजाका साथ गुटेरेसलाई पोखरामा स्वागत गरिएको थियो।

पोखराको फिस्टेल लजमा बसेका उनी मंगलबार बिहान हेलिकप्टरबाट आधारशिविर जाने कार्यक्रम तय भएको छ। एबिसीमा गुटेरेसको स्वागतका लागि त्यहाँका पर्यटन व्यवसायीले पनि भव्य तयारी गरेका छन्।

हिमालय क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरबारे प्रत्यक्ष अवलोकन गर्नका लागि महासचिव गुटेरेस आधारशिविर जान थालेका हुन्।

पोखराका पर्यटन व्यवसायीको छाता संस्था पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठले गुटेरेसको आगमनले पोखरा र सिंगै गण्डकी प्रदेशको पर्यटन क्षेत्रको प्रवर्द्धनमा सघाउने बताए।

पोखराको पुरानो विमानस्थलमा सोमबार दिउँसो सेनाको जहाजबाट आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस।

तस्बिरहरुः उमेश पुन/नागरिक

प्रकाशित: १३ कार्तिक २०८० १०:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App