१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

राष्ट्र सङ्घका महासचिव एन्टोनियो आज सोलुखुम्बु जाँदै

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस आज सोलुखुम्बु जाँदैछन्। चारदिने औपचारिक भ्रमणको क्रममा काठमाडौँ आइपुगेका महासचिव गुटेरेस आज सोलुखुम्बुको स्याङ्बोचे जाने कार्यक्रम रहेको छ। जलवायु परिवर्तनको असरलाई बुझ्न उनले त्यहाँको अवलोकन भ्रमण गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। सोलुखुम्बुबाट काठमाडौं फर्केपछि गुटेरेस ललितपुरस्थित युएन हाउसको कार्यक्रममा सहभागी भई साँझ पोखरा जानेछन्।  

गुटेरेस उनी आजै पोखरा पनि जानेछन्। गुटेरेसले पोखराबाट अन्नपूर्ण सर्किट अवलोकन गर्ने र अन्नपूर्ण सर्किटबाट फर्केपछि पोखरास्थित पुरानो विमानस्थलमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ । उनी पोखराबाट लुम्बिनी जानेछन् । लुम्बिनीबाट काठमाडौं फर्केर उनले सङ्घीय संसद्का दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम छ । महासचिव गुटेरेस बुधवार संयुक्त राष्ट्रसंघको मुख्यालय फर्किने कार्यक्रम छ ।

शनिवार राति काठमाडौँ आइपुगेका उनको सुरक्षाको जिम्मा नेपाली सेनाले पाएको छ। उनी चढ्ने ‘बुलेट प्रुफ’ गाडीको पछुवामा विशेष प्रविधि जडित ‘जामर’ गाडीसहित दायाँबायाँ तथा अगाडि–पछाडिबाट ६ वटा सवारीसाधनले सुरक्षा प्रदान गर्ने सुरक्षा स्रोतको भनाइ छ। उनको सुरक्षा थ्रेटलाई हेरेर नेपाली सेनाको स्पेसल कमान्डो खटाइएको छ। बाह्य सुरक्षा, सूचना संकलन र समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र विशेष प्रहरी परिचालन गरिएको छ।

प्रकाशित: १३ कार्तिक २०८० ०१:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App