१४ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा इजरायमा मारिएका परिवारजनमा समवेदना प्रकट

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायलमा मारिएका १० नेपाली विद्यार्थीका परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन्।

नेपाल भ्रमणमा रहेका उनले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेपछि सञ्चारकर्मीहरुलाई सम्बोधन गर्दै भने, ‘अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आतंककारी हमलामा मारिएका दश नेपाली विद्यार्थीका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु र बेपत्ता बिपिन जोशीको सकुशल फिर्ताको कामना गर्दछु।’

उनले आफू कतारबाट भर्खरै नेपाल आएको र उल्लेख गर्दै गाजाका सबै बन्धकहरूलाई तत्काल बिना शर्त रिहाइका लागि अपिल गरेका छन्।

‘म हमासले गरेको डरलाग्दो आक्रमणको पूर्ण निन्दा गर्दछु र त्यो निन्दा फेरी पनि दोहोराएको छु। सर्वसाधारणको हत्या, घाइते र अपहरण गर्नुको कुनै औचित्य छैन। गाजाको अवस्था घन्टै पिच्छे झन् भयावह बन्दै गएको छ’, उनले सिंहरदबारस्थित प्रधानमन्त्री कार्यालय परिसरमा सहभागीलाई सञ्चारकर्मीहरुलाई सम्बोधन गर्दै भने।

महासचिव गुटेरेसले मानवीय पक्षलाई ध्यान दिनुको सट्टा इजरायलले आफ्नो सैन्य अपरेशनलाई तीव्र बनाएकोमा खेद प्रकट गरेका छन्। ‘मारिने र घाइते भएका नागरिकहरूको संख्या पूर्ण रूपमा अस्वीकार्य छ। सबै पक्षहरूले अन्तर्राष्ट्रिय मानवीय कानून अन्तर्गत आफ्ना दायित्वहरूको सम्मान गर्नुपर्छ। अन्तर्राष्ट्रिय मानवीय कानुनको स्थापित सिद्धान्त र नियमको कडाईका साथ पालनाको लागि म सधैं आव्हान गर्दछु’, उनले भने।

उनले थपे, ‘म मानवीय युद्धविरामको लागि तत्काल अपील गर्दछु र यसलाई दोहोराउँछु।’ महासचिव गुटेरेसले सबै बन्धकहरूको बिना शर्त रिहाई र गाजाका जनताको आवश्यकताहरू पूरा गर्ने स्तरमा दिगो मानवीय राहत वितरण हुनुपर्ने बताएका छन्।

प्रकाशित: १२ कार्तिक २०८० १२:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App