२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

पूर्व बालसैनिकद्वारा राष्ट्रसङ्घका महासचिवसमक्ष न्यायका लागि अपील

माओवादी ‘जनयुद्ध’का पूर्व बालसैनिकहरूले आफूहरूलाई अन्याय भएको भन्दै न्यायका लागि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग याचना गरेका छन्।  

आफूहरूलाई अन्याय गरेर सङ्क्रमणकालीन टुङ्ग्याउन खोजिएकोभन्दै न्यायका लागि राष्ट्रसङ्घका महासचिव गुटेर्रससँग न्यायका लागि याचना गरेका हुन्। गुटेरेस  नेपाल आउनुअघि शनिवार बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनीन बिष्टले काठमाडौंस्थित राष्ट्रसङ्घीय आवासिय संयोजकको कार्यालयमार्फत गुटेरेससँग अपील गरेका हुन्।  

उनले शान्ति प्रक्रियाबाट आफूहरूलाई पूर्णतया बाहिर राखिएकोमा आपत्ति समेत जनाउदै यस्तो अपील गरेका छन्। ‘लडाईमा नाबालिगहरूको प्रयोग अन्तर्राष्ट्रिय मानवीय कानून विरुद्धको अपराध हो, र हामी पीडित छौं, हामी भूतपूर्व बालसैनिकहरू सन् २००६ देखि आजसम्म नेपालको शान्ति प्रक्रियाबाट पूर्णतया बाहिर छौं। यस निर्मम उपेक्षाबारे संसदमा रहेको सङ्क्रमणकालीन न्याय विधेयकमा पनि कुनै उल्लेख गरेको पाइँदैन, न त संयुक्त राष्ट्रसङ्घले यस विषयमा सक्रियता देखाएको छ,’ पूर्व बालसैन्य बिष्टले राष्ट्रसङ्घीय महासचिवलाई लेखेको अपीलमा भनिएको छ।

उनले नेपालको शान्ति प्रक्रियामा गुटेरेसले भ्रमणको प्राथमिकता बनाएकोमा खुशी व्यक्त गरेका छन्। साथै उनले माओवादी नेताहरूले युद्धको मैदानमा प्रयोग गरेर आफूहरुको जीवन र भावनासँग खेलवाड गरेको आरोप लगाइएको छ। अहिले आएर माओवादी नेताहरूले आफ्नो राजनीतिक करियर जोगाउन बाल सैनिकको कुरा उठाउन नचाहनुका साथै जवाफदेहीता पनि नदेखाएको भनिएको छ। ‘जुन उमेरमा हामी कक्षाकोठामा उपस्थित हुनुपर्दथ्यो, हामीले हिंसा देख्यौं, शारीरिक र मनोवैज्ञानिक आघात सह्यौं, द्वन्द्वको समयमा अकल्पनीय कठिनाइ सह्यौं, र सामाजिक सीमान्तीकरणको अनुभव गरिरहेका छौं’ अपिलमा छ।

प्रकाशित: १२ कार्तिक २०८० ०२:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App