१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

हिमाली जिल्ला डोल्पाको ३१ मतदान केन्द्रमा अझै मतदान सुरु भएन

विष्णुप्रसाद देबकोटा
डोल्पा– पहिलो चरणको निर्वाचनअन्तर्गत हिमाली जिल्ला डोल्पाका ३५ मतदान केन्द्रमा मतदान सुरु भएको छ भने ३१ मतदान केन्द्रहरुमा अझै मतदान सुरु हुन सकेको छैन ।

अत्यधिक जाडो र भौगोलिक विकटताका कारण उपल्लो डोल्पाका छार्काताँगसो, डोल्पो बुद्ध र शे फोक्सुण्डो गाउँपालिकामा रहेका २२ मतदान केन्द्रमध्ये अहिलेसम्म ६ मतदान केन्द्रमा मात्र मतदान भएको र बाँकी १६ मतदान केन्द्र तल्लो र मध्ये डोल्पाका १५ मतदान केन्द्रहरु गरेर ३१ मतदान केन्द्रमा अझै मतदान कार्य सुरु हुन सकेको छैन ।

निर्वाचन कार्य तालिकाअनुसार बिहान ७ बजेबाट मतदान सुरु हुने भनिए पनि कतै जाडो त कतै राजनीतिक दलहरुका प्रतिनिधिको अनुपस्थितका कारण ७.३० बाट मात्र मतदान सुरु भएको छ ।

उपल्लो डोल्पाका २२ ओटै मतदान केन्द्रहरुमा सञ्चारको पहुँचता नभएका कारण सहजरुपामा जानकारी हुन सकेको छैन । निर्वाचन अधिकारी विक्रम गिरीका अनुसार सबै ठाउँमा शान्तिपूर्णरुपमा मतदान भइरहेको छ ।

पहिलोपटक ऐतिहासिक रुपमा हुन गइरहेको निर्वाचनमा आफूहरु मतदान गर्न आएको त्रिपुरासुन्दरी नगरपालिका १ का ७९ वर्षीय कर्ण सार्कीले बताए । त्रिपुरासुन्दरी नगरपालिकाको धर्मशालाचौरमा भएको मतदान केन्द्रमा मतदाताहरुको उल्लेख्य सहभागिता छ । हिमाली जिल्ला डोल्पामा प्रदेश क्षेत्र नं १(क) मा ८ हजार २ सय ५० र प्रदेश नं २ (ख)मा १० हजार ७ सय ३९ मतदाताहरु रहेका छन् ।
 

प्रकाशित: १० मंसिर २०७४ ०४:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App