१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

भोजपुरका उम्मेदवारलाई अंगरक्षक

भोजपुर—पूर्व सूचना तथा सञ्चारमन्त्री एवं प्रदेश सभा (ख)का वाम गठबन्धनका उम्मेद्वार शेरधन राईको गाडिमाथि बम प्रहार भएपछि भोजपुरको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ। विहान जिल्ला प्रहरी कार्यालय भोजपुरमा भएको छलफलपछि राजनैतिक दलको कार्यक्रम र उमेदवारको सुरक्षालाई थप कडाइ गर्ने निर्णय भएको हो। जिल्लास्थित राजनैतिक दल, उम्मेदवार र सुरक्षा निकायबीच छलफल भएको थियो।

छलफलमा प्रतिनिधि सभा र प्रदेश सभाका  उम्मेदवार हरुले आफुहरुको सुरक्षामा प्रहरी प्रशासन असफल भएको बताएका थिए। प्रशासन र सुरक्षा निकायबीच समन्वयको अभाव देखिएको बैठकले निष्कर्ष निकलेको थियो। प्रतिनिधि सभाका उम्मेदवार उमेशजंग रायमाझीले जिल्लाको सुरक्षा निकाय र प्रशासनले समन्वय गर्नु पर्ने  बताए। प्रदेश सभा (क) का उम्मेदवार अजम्बर राई काङमाङले प्रशासनलाई गम्भीर हुन आग्रह गरेका थिए। आक्रमणमा परेका प्रदेश सभा (ख)का उम्मेदवार  शेरधन राईले निर्वाचनमा उमेदवारहरुको सुरक्षा व्यवस्थामा स्थानीय प्रशासन गंभीर र संवेदनशिल नदेएिकोले स्थानीय प्रशासनलाई गंभीर र संवेदनशील हुन ध्यान आकर्षण गराइएको बताए ।

प्रमुख जिल्ला अधिकारी चेतराज बरालले उम्मेदवार र राजनैतिक दलहरु संग छलफल गरी सुरक्षा व्यवस्था कडा पारिएको बताएका छन्। हाल शेरधन राईसँग मात्र अङ्गरक्षक रहेकोमा थप पाँच जना उम्मेदवारलाई पनि अङ्गरक्षक उपलब्ध गराइएको बताए। वाम गठबन्धनका उम्मेदवार प्रदेश सभा (क) का राजेन्द्रकुमार राई र प्रतिनिधि सभाका उम्मेदवार सुदन किराँतीलाई अंरक्षक पठाइएको छ। यसै गरी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार प्रदेश सभा (क) का अजम्बर राई काङमाङ प्रदेश सभा (ख) गोविन्द बहादुर कार्की र प्रतिनिधि सभाका उेम्मेदवार उमेशजंग रायमाझिलाई अंगरक्षकको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताए।

चुनावी सभा र कार्यक्रममा सुरक्षामा थप गरी उम्मेदवारलाई कार्यक्रम स्थलसम्म पुगेर फर्कन सुरक्षा व्यवस्था गरिने बरालले बताए। प्रदेश सभा (ख) का उम्मेदवार शेरधन राईलाई आक्रमण गर्नेको पहिचान भै नसके पनि नजिक पुगेको बरालले जानकारी दिएका थिए।

दलहरु र उम्मेदवारले शेरधन राईमाथि भएको आक्रमणको विरोधमा बुधवार संयुक्त रुपमा विज्ञप्ती समेत निकालेका थिए। विज्ञप्तीमा राईको ज्यान लिने उद्देश्यका साथ संगठित शक्तिबाट सुनियोजीत रुपमा सांघातिक हमला  भएको भन्दै निन्दा र भत्र्सना  गरिएको छ।

विज्ञप्तीमार्फत दलहरुले निर्वाचनमा उमेदवारहरुको सुरक्षा व्यवस्थाकम प्रशासन गंभीर र संवेदनशील नदेएिको भन्दै स्थानीय प्रशासनलाई गम्भीर र संवेदनशील बनाउन सरकारको ध्यान आकर्षण समेत गराएका छन्।

प्रकाशित: २९ कार्तिक २०७४ १२:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App