२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘चुरे विनाश रोक्न कुनै दल गम्भीर देखिएनन्’

पूर्व राष्ट्रपति डा.रामवरण यादवले चुरे उत्खननका कारण मधेसको भूमि मरुभूमिमा परिणत हुने अवस्था सिर्जना भएको बताएका छन्।

बुधबार राजनीतिज्ञ खुशीलाल मण्डलको राजविराजमा आयोजित ‘नागरिक अभिनन्दन’ कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति डा.यादवले चुरे उत्खनन रोक्न कुनै राजनीतिक दल गम्भीर नदेखिएको गुनासो गरे।

‘विनाशको क्रम यही गतिमा चलिरहे जसरी पानी विना माछा छट्पटिन्छ त्यसैगरी केही वर्षपछि पानीविना मधेस छ्ट्पट्टाउछ।’ उनले भने।

पूर्व राष्ट्रपति यादवले संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउनु सबै नेपालीको कर्तव्य भएको बताए। लामो सङ्घर्ष, बलिदान र त्यागको बलमा प्राप्त यस उपलब्धिलाई समाप्त पार्ने जुनसुकै षड्यन्त्रकोविरुद्ध आम नेपाली एकजुट भएर उभिनु पर्नेमा उनले जोड दिए।

‘गणतन्त्र, लोकतन्त्र, सङ्घीयता, समावेशिता लगायतका महत्त्वपूर्ण उपलब्धिहरू प्राप्तिपछि देशमा जागृति आएको छ। सङ्घीयता र गणतन्त्र यस जागृतिको महत्त्वपूर्ण पक्ष हो’, उनले भने, ‘कमजोरीहरू सुधार गर्दै यसलाई अझ मजबुत बनाउनु पर्छ। यस अवधिमा धेरै सकारात्मक कार्यहरू भएका छन् र धेरै सकारात्मक कार्य गर्न बाँकी छन्।’

प्रकाशित: १ कार्तिक २०८० १६:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App