१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मन्त्री शर्मामाथी जनताले प्रतिकार गरेका हुन् :नेकपा माओवादी

रुकुम –नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीले शुक्रवार दिउँसो प्रतिनिधि सभा सदस्यका उम्मेदवार जनार्दन शर्मामाथी भएको बम प्रहार (आक्रमण) जनताले प्रतिकार गरेको बताएको छ। शनिबार विहान नागरिकसंग टेलिफोनमा कुरा गर्दै जिल्ला सेक्रेटरी चन्द्रवहादुर बुढाले पुँजीवादी संसदीय व्यवस्थाको विरुद्धमा जनताले प्रतिकार गरेको बताए।

अहिले जनताहरू आक्रोसित छन् उनले भने, त्यसका विरुद्धमा जनताहरू उत्रिए । घटनामा नेकपा माओवादीको संलग्नताको विषयमा भने उनले पार्टीको धारणा व्यक्त गरेनन् । उनले जनताले प्रतिकार गरेको मात्रै भने । बरु प्रतिकारका लागि नेकपा माओवादीले जनतालाई सुसूचित बनाउँदै गाउँ केन्द्रित भएको बताए । उक्त घटनाका विषयमा आवश्यक परे पार्टीको धारणा बाहिर आउने भन्दै उनले उक्त घटनाको घुमाउरो तरिकाले स्वागत गरे । 
संसदीय व्यवस्था विरुद्ध त्याग र समर्थन भावना विपरित हिजोको जनयुद्धमा निर्णायक भूमिका खेलाका नेताहरू मिचेको भन्दै जनताहरू चुनावको प्रतिकारमा लागेको नेकपा माओवादीले जनाएको छ। माओवादी अहिले चुनावको विपक्षमा जनतासंग अन्तरक्रिया गरिरहेको छ । पूर्व गृहमन्त्री समेत रहेका विनाविभागीय मन्त्री जनार्दन शर्मालाई लक्षित गरि चौरजहारी नगरपालिका वडा नंं ८ गोइरीमा बम प्रहार भएको थियो । शर्मा लगायतको प्रचार प्रसार टोली चौरजहारीको चुनावी कार्यक्रम सकेर सानीभेरीको सिम्लीमा चुनावी कार्यक्रम गर्न आउने क्रममा गोइरीमा बम प्रहार भएको थियो । उक्त प्रहार नेकपा माओवादीले गराएको हुन सक्ने आशका गरिएको छ । प्रहरीले चुनावी विरोधि गतिविधि गर्नेहरूले उक्त बम प्रहार गरेको हुन सक्ने आसंका गरेको छ । 

साथै नेकपा माओवादीले आफ्ना नेता तथा कार्यकर्ताको घरमा प्रहरीले छापामारेको भदै घोर भ्रत्सहना गरेको छ । उसकै शव्दमा गुण्डा शैलीमा आएर आफन्तहरूलाई तर्साउने र शान्ति सुरक्षामा खलल पु¥याएको आरोप लगाएको छ । यस्तो कार्य रोक्न उसले प्रहरीलाई भनेको छ । यता प्रहरीले भने आतंकित पार्ने नभई उनीहरूलाई खोजतलास गरेको बताएको छ । उनीहरूले चुनावमा छुटफुट घटाउन सक्ने भन्दै प्रहरीले उनीहरूको खोजतलास गरेको प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए।

प्रकाशित: २५ कार्तिक २०७४ ०६:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App