१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

एमाले र प्रजा परिषदबीच एकीकरण

काठमाडौँ, कात्तिक २३ – नेकपा (एमाले) र नेपाल प्रजा परिषद पार्टीबीच एकीकरण भएको छ । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा एमाले र परिषदबीच पार्टी एकीकरण गरिएको एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

एमालेका अध्यक्ष ओली र प्रजा परिषद्का कार्यवाहक अध्यक्ष गोविन्दप्रसाद दुलालले दुई बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै पार्टी एकीकरण भएको घोषणा गरेका थिए । सहीदको सपना पूरा गर्न र राष्ट्रियताको संरक्षण गरी लोकतन्त्रलाई बलियो बनाउन, स्वतन्त्रता र स्वाभिमानको अनुभूति गराई राष्ट्रको विकास गर्नका लागि दुई पार्टीबीच एकीकरण गरिएको सहमतिपत्रमा उल्लेख गरिएको छ ।

कार्यक्रममा अध्यक्ष ओलीले विकास र समृद्धिका लागि एमालेबाहेक अरु कुनै पार्टी नभएको दाबी गरे । 'एमालेसँग मुलुक समृद्ध बनाउने योजना र संकल्प रहेकाले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका बहुमतसहित विजयी गराउन आग्रह गर्दछु,'उनले भने ।  कार्यक्रममा परिषद्का कार्यवाहक अध्यक्ष दुलालले एमालेले राष्ट्रप्रति देखाएको अडानका कारण आफूहरु समाहित भएको बताए।

प्रकाशित: २३ कार्तिक २०७४ ०९:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App