१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

गठबन्धन भत्काउने षड्यन्त्रलाई निस्तेज पारिएको छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन भत्काउने षड्यन्त्रलाई निस्तेज पारिएको बताएका छन्।

भरतपुरमा आज भएको शारदानगर जागृती शहरी खानेपानी तथा सरसफाई आयोजना, जखडिमाई सह लगानी खानेपानी आयोजना र दिव्यनगर खानेपानी आयोजनाको सयुंक्त उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले राम्रो काम गरेको देखेर सत्ता गठबन्धन भत्काउन लागेपनि सफल नभएको बताए।  

‘अहिले भर्खरै कोशी प्रदेशमा जे राजनीतिक परिदृश्य देख्नुभयो यही गठबन्धनले राम्रो गर्न खोजेकोलाई सहन नसकेर एकथरी मान्छेले गर्दा भएको हो। यसभित्र कुनै तरिकाले विभाजन ल्याउन सकिन्छ कि भन्ने योजना अन्तर्गत ती कामहरु भएका छन्, उनले भने ‘नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्रीको हैसियतले म आफैँ र नेपाली काँग्रेसका नेता शेखर कोइरालाबीचमा एउटा सहमति गरेपछि त्यो षड्यन्त्रलाई पनि निस्तेज पारिएको छ।’ 

अब यो गठबन्धन पूर्ण कार्याकाल यही गतिमा अगाडि बढ्ने उनले बताए। मित्रराष्ट्रसँगको सम्बन्ध समेत थप बलियो बन्दै गएको प्रधानमन्त्री दाहालले दाबी गरे। ‘भारत, अमेरिका र चीनसँगको सम्बन्धलाई मजबुत बनाउने भनेको नेपाललाई राजनीतिक स्थायीत्व र विकासको नयाँ गति दिने प्रक्रिया पनि हो।’ यसबाट फेरी अब कहिल्यै सत्तामा फर्किन पाइँदैन कि भनेर निकै विक्षिप्त भएको सायद तपाईंहरुले महशुस गर्नुभएको होला,’ उनले भने ‘अहिले कोशीमा देखिएका परिघट्ना यही हो।’  

सुशासन, सामाजिक न्याय, समृद्धिको पक्षमा देशको राष्ट्रियतालाई अझै बलियो आफू लागेको बताए। राष्ट्र र जनताको पक्षमा काम गर्ने विश्वास दिलाएर समझदारी अनुसार काम गरेको उनले बताए।

प्रकाशित: २८ आश्विन २०८० ०६:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App