१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

मधेस एमालेको पदाधिकारीमा सर्वसम्मत, अध्यक्षमा चन्देश्वर मण्डल

नेकपा (एमाले) को मधेस प्रदेशको पदाधिकारी सर्वसम्मत चयन भएका छन्।

जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा बुधवारदेखी सुरु भएको अधिवेशनमा तेस्रो दिन पदाधिकारी सर्वसम्मत चयन भएका हुन्।

अध्यक्षमा सिरहाका चन्देश्वर मण्डल चयन भएका छन्। त्यस्तै उपाध्यक्षमा विचारी यादव (पर्सा), सचिवमा मनोज पौडेल (बारा), सह-सचिवमा आरती भण्डारी (रौतहट) र मोहम्मद कंस (धनुषा) सर्वसम्मत चयन भएको नेकपा एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोज यादवले जानकारी दिए।

चार जना पदाधिकारीमा हिजै सहमति जुटे पनि सचिवमा विवाद भएपछि शिवशङ्कर साह 'हिरा' को ठाउँमा मनोजलाई ल्याएर सर्वसम्मत भएका छन्।  शिवशङ्कर लाई एमाले सचिव एवं प्रतिनिधिसभा सदस्य रघुबीर महासेठले अध्यक्षका लागि एमाले अगाडी सारेका थिए। तर शिवशंकरको नाममा सहमति नजुटे उनलाई पदाधिकारीमा समेत राखिएको छैन।

पदाधिकारी सर्वसम्मत भएपनि निर्वाचन कार्यक्रम अनुसार प्रक्रिया पुरा गरी घोषणा गरिनेछ। सदस्यमा भने विवाद हुने देखिएको छ। अहिले सदस्य पदका लागि उम्मेदवारी दर्ता सुरु भएको छ। उम्मेदवारी दिन अधिवेशन स्थलमा नेता कार्यकर्ता भिड छ।

प्रकाशित: २६ आश्विन २०८० ०७:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App