१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस, फोरम र राजपा बैठक निष्कर्षविहीन

काठमाडौं- नेपाली कांग्रेस, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) बीच चुनावी गठबन्धनका लागि गरिएको प्रयास बुधबार साँझसम्म निष्कर्षमा पुग्न सकेको छैन । यसबारे अन्तिम निर्णय लिन तीन दलको बैठक बिहीबार बिहान पुनः बस्नेछ ।
तीन दलीय तालमेलका लागि बुधबार रातिसम्म बसेको बैठक बिनानिष्कर्ष टुंगियो । बुधबार दिनभर गरी दुई चरणमा बैठक भएका थिए । बैठकमा सहभागी राजपा अध्यक्षमण्डलका सदस्य शरतसिंह भण्डारीले बिहीबार बिहान पुनः बस्नेगरी बुधबारको बैठक टुंगिएको बताए । ‘सहमति खोज्ने प्रयास गरेका छौं । बिहीबार बिहानको बैठकमा सहमति हुने सम्भावना हटेको छैन,’ भण्डारीले भने । दुई नम्बर प्रदेशमा तालमेलका लागि  बैठकमा अधिकतम प्रयास हुने पनि उनले बताए । उनले भने, ‘सकेसम्म सहमति गर्छौं,े नभए न्यूनतम सहमति खोज्छौं,’ उनले भने ।
कांग्रेस नेता रमेश रिजालले भने फोरम र राजपाको अडानका कारण  दुइ नम्बर प्रदेशमा सिट तालमेलको सम्भावना कम भएको बताए । ‘भोलि (बिहीबार) बिहान एकपटक फेरि कुरा गर्ने सहमति भएको छ तर तालमेलको सम्भावना कम छ,’ उनले भने । फोरम र राजपाले  धेरै सिटमा दाबी गरेकाले तालमेलको सम्भावना कम भएको  उनले भने  ।
फोरम नेता अशोक राईले भने शीर्ष नेताको चुनाव क्षेत्रमा तालमेल सम्भावना कायमै रहेको बताए । ‘सकेसम्म सबै क्षेत्रमा त्यो नभए शीर्ष नेताले उम्मेदवारी दिएका क्षेत्रमा तालमेलको सम्भावना छ,’ राईले भने ।
बुधबार रातिको बैठकमा धनुषा ३ लाई दुवै पक्षले आफनो प्रतिष्ठा बनाएका छन् । कांग्रेसले धनुषा ३ मा विमलेन्द्र निधिलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । राजपा नेता राजेन्द्र महतोले पनि आफू धनुषा ३ बाटै चुनाव लड्ने घोषणा गरेका छन् । उनले भने, ‘जनताको माग अनुसार नै धनुषा ३ बाटै उम्मेदवारी दिन्छु ।’ कांग्रेसको अडानका कारणा दुई नम्बर प्रदेशमा तालमेल सम्भावना कम भएको उनले बताए  । महतो बुधबार   नै जनकपुर  गएका छन । त्यसैले उनी बालुवाटारमा राति भएको बैठकमा सहभागी भएनन् ।
दुई नम्बर प्रदेशमा फोरम र राजपासँग तालमेल प्रयास जारी रहेकाले कांग्रेसले बुधबारसम्म त्यहाँका सबै क्षेत्रमा उम्मेदवारको औपचारिक टुगो लगाएको छैन ।

प्रकाशित: १६ कार्तिक २०७४ ०३:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App