१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

महतोले उठाएनन् प्रधानमन्त्रीको फोन, तालमेलका लागि 'रअ' प्रमुखको दवाब

काठमाडौं—राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतो धनुषा ३ बाट उम्मेदवार हुने विषयमा दृढ देखिएका छन्। नेपाली काँग्रेससँग तालमेलका लागि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले उनलाई बुधबार पटक पटक फोन गरे पनि त्यसलाई अस्वीकार गर्दै उनने धनुषा ३ नछोड्ने अडान राखेका छन्।

बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री देउवाले महतोलाई धनुषा ३ छोड्न आग्रह गरेका थिए। महतोले मंगलबार राति भड्किएको वार्तापछि ३ नम्बर नछोड्ने अडान दोहोर्‍याएका थिए। सर्लाही ४ का काँग्रेस उम्मेदवार अमरेश सिंहलाई फिर्ता बोलाएर सो क्षेत्र महतोलाई छोड्ने प्रस्ताव गरे लगत्तै महतो आक्रोसित भए। प्रदीप गिरिको पहलमा बालुवाटार पुगेका उनी समक्ष प्रधानमन्त्रीले पुनः विमलेन्द्र निधि लड्ने निश्चित भएको क्षेत्र छोड्न आग्रह गरेपछि महतोसहितका राजपा नेताहरु आधा घन्टा पनि नबसी बालुवाटारबाट बाहिरिएका थिए।

बाहिरिनु अघि राजपा र काँग्रेसबीच बारा ३, ४ र सिराहा १ काँग्रेस छोड्ने सहमति बनिसकेको थियो। सिराहा १ बाट काँग्रेसका प्रदीप गिरि उम्मेदवार हुँदैछन्।

'रअ'का नेपाल प्रमुखलाई राजापा र काँग्रेसबीच भइरहेको सहमतिबारे प्रधानमन्त्रीले ब्रिफिङ गरे। धनुषा ३ मा राजेन्द्र महतोले उठ्न खोजेको पनि जानकारी दिए। आफूले बालुवाटारमा वार्ताका लागि बोलाउँदा नआएको गुनासो गर्दै वार्ताको वातावरणका बनाइदिन जोहोरीलाई आग्रह गरे।

निधिको क्षेत्रमा सहमति जुट्न नसकेपछि पार्टी सभापति देउवाले महतोलाई चार पटक फोन गरे। महतोले फोन रिसिभ गरेनन्। उनलाई टेक्स मेसेज पठाएर फोन उठाउन आग्रह गरे पनि महतो चुपचाप बसे।

'रअ' प्रमुखको चलखेल

प्रधानमन्त्री देउवालाई भेट्न पुगेका भारतीय खुफिया एजेन्सी रिसर्च एन्ड एन्यालाइसिस विङ (रअ) का नेपाल स्टेशसन चिफ विवेक जोहोरीले पनि निधिको क्षेत्रमा दुई नेताबीच हुन लागेको प्रतिस्पर्धाबारे चासो देखाए। उनले 'रअ'का नेपाल प्रमुखलाई राजापा र काँग्रेसबीच भइरहेको सहमतिबारे सबै ब्रिफिङ गरे। धनुषा ३ मा राजेन्द्र महतोले उठ्न खोजेको पनि जानकारी दिए। आफूले बालुवाटारमा वार्ताका लागि बोलाउँदा नआएको गुनासो गर्दै वार्ताको वातावरणका बनाइदिन जोहोरीलाई आग्रह गरे।

त्यस लगत्तै भारतीय दूतावासबाट राजपा नेताहरुलाई फोन आउन सुरु भयो। प्रधानमन्त्रीको फोन रिसिभ नगरेका राजेन्द्र महतोले भारतीय दूतावासबाट फोन उठाए तर धनुषा ३ मा सहमति गर्न नसक्ने जवाफ दिए। दूतावासबाट त्यसपछि राजपाका अन्य नेताहरुलाई फोन गएपछि उनीहरु वार्ताका लागि तयार भए।

दूतावासको फोनपछि आन्तरिक रुपमा उम्मेदवार छनौट गरिरहेका राजपा नेताहरुलाई वार्तामा बसेर काँग्रेससँग तालमेल गर्न दवाब बढ्यो। त्यो दवाब राजेन्द्र महतोलाई पनि दिइयो तर उनले बालुवाटार बैठक अस्वीकार गरिदिए। प्रधानमन्त्री निवासै गएनन्।

उनीबाहेकका राजपाका अध्यक्ष मण्डलका पाँच जना नेताहरु बालुवाटारमा काँग्रेससँग वार्ता गरिरहेका छन्।

बालुवाटार जान अस्वीकार गरेका महतोले धनुषा ३ कुनै हालतमा छोड्ने निर्णय नगर्न आफ्ना पार्टीका नेताहरुलाई सुझाएका छन्। बालुवाटार जानु अघि महन्त ठाकुर लगायतका राजपा नेताले धनुषा ३ कुनै हालतमा नछोड्ने प्रतिबद्धता महतो समक्ष गर्दै बालुवाटारतर्फ लागेका हुन्। काँग्रेस र महतोबाहेक राजपा शीर्ष नेतासँग वार्ता जारी छ।

प्रकाशित: १५ कार्तिक २०७४ १३:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App