१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन आजबाट सुरु हुँदै

नेकपा एमालेको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन आजबाट सुरु हुँदैछ। अधिवेशन उद्घाटनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली आज धनगढी जाने कार्यक्रम रहेको छ।  

अधिवेशनमा सहभागी हुन सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका प्रतिनिधि धनगढी आइसकेका छन् भने आउने क्रम पनि जारी छ।

दुई दिनसम्म चल्ने अधिवेशनमा ५३ हजारभन्दा बढी सङ्गठित सदस्यले चुनेको ६ सय ७५ जना प्रतिनिधिले सहभागिता जनाउने छन्।  

अधिवेशनले नयाँ नेतृत्त्व चयन गर्नेछ।  

प्रदेश अध्यक्षका लागि तीन जना आकाङ्क्षी देखिएका छन्। अध्यक्षका लागि कमल तिमिल्सिना, कृष्णप्रसाद जैसी र बचन सिंह आकाङक्षी देखिएका छन्। यसअघि नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घका केन्द्रीय अध्यक्ष समेत रहेका सिंहले आफ्नो उम्मेदवारी रहने भन्दै पत्रकार सम्मेलन गरेर जानकारी गराएका थिए।

प्रकाशित: २१ आश्विन २०८० ०३:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App