८ वैशाख २०८१ शनिबार
राजनीति

राजपा महामन्त्री जंगीलाल कांग्रेसमा

सर्लाही- राजपा महामन्त्री जंगीलाल रायसहित सयौं नेताकार्यकर्ता सोमबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशी नेताकार्यकर्तालाई सोमबार दिउँसो सदरमुकाम मलंगवास्थित सर्लाही क्याम्पस परिसरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा खानेपानी तथा सरसफाइ मन्त्री एवं कांग्रेस नेता महेन्द्र यादव तथा कृषिमन्त्री रामकृष्ण यादवले अबिर र माला लगाई सदस्यता प्रदान गरे । कार्यक्रममा जंगिलालसहित नागेन्द्रप्रसाद राय, गोपाल पंजियार, श्याम साह, रामप्रताप राय तथा राप्रपाका सीताराम सिंहलगायत नेताहरू कांग्रेस प्रवेश गरेका छन् ।

जंगीलाल क्षेत्र नं. ५ बाट तराई मधेश लोकतान्त्रिक पार्टीका तर्फबाट निर्वाचित निवर्तमान सांसद् हुन् भने नागेन्द्रप्रसाद राय स्वतन्त्र उम्मेदवारका रूपमा दुईपटक मलंगवा नगरपालिका मेयरमा निर्वाचित एवं स्थानीय तह निर्वाचनमा मलंगवा नगरपालिकामा विजयी कांग्रेस उम्मेद्वारको निकटम प्रतिद्वन्द्वी थिए ।

जंगीलाल क्षेत्र नं. ५ बाट तराई मधेश लोकतान्त्रिक पार्टीका तर्फबाट निर्वाचित निवर्तमान सांसद् हुन् भने नागेन्द्रप्रसाद राय स्वतन्त्र उम्मेदवारका रूपमा दुईपटक मलंगवा नगरपालिका मेयरमा निर्वाचित एवं स्थानीय तह निर्वाचनमा मलंगवा नगरपालिकामा विजयी कांग्रेस उम्मेद्वारको निकटम प्रतिद्वन्द्वी थिए ।
कांग्रेस जिल्ला कार्यसमितिले यसअघि नै जंगीलाललाई प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ र नागेन्द्रप्रसाद रायलाई क्षेत्र नं. २ क का उम्मेदवारमा सर्वसम्मत सिफारिस गरिसकेको छ । कांग्रेस जिल्ला सभापति नागेन्द्रकुमार रायले नवप्रवेशी नेताहरूसँगै जिल्लामा १२ हजारभन्दा बढी मत कांग्रेसका पक्षमा थपिएको दाबी गरे । स्थानीय तह निर्वाचनमै राजपा नेतृत्वसँग असन्तुष्ट जंगीलालले उक्त निर्वाचनमा भने नेकपा एमालेका उम्मेदवारलाई सघाएका थिए । एमालेमै प्रवेश गर्ने व्यापक चर्चा चले पनि अन्ततः उनी आफ्नो परानै पार्टी कांग्रेसमा प्रवेश गरेका छन् ।
केही दिनअघि राजपाकी महिला नेतृ सुभद्रा महतोलगायत कांग्रेसमा प्रवेश गरिसकेका छन् । राजपामा गएका पुराना नेताकार्यकर्ता फर्किने तथा राप्रपालगायत अन्य पार्टीबाट प्रवेशको लहर चलेपछि सर्लाहीका कांग्रेसी नेताहरू उत्साहित भएका छन् । पार्टी प्रवेश गर्ने क्रमसँगै कांग्रेसको पक्षमा माहोल बनेको सभापति रायले दाबी गरे ।

प्रकाशित: ७ कार्तिक २०७४ ०२:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App