१० जेष्ठ २०८३ आइतबार
image/svg+xml
राजनीति

चौतर्फी विकासका लागि नेकपा एस अपरिहार्य: अध्यक्ष नेपाल

फाइल तस्बिर।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा सुशासन, न्याय र चौतर्फी विकास गर्न आफू नेतृत्वको पार्टी अपरिहार्य हुने बताएका छन्।

पार्टीको ‘समाजवादी जागरण अभियान’ अन्तर्गत आज महोत्तरीको सदरमुकाम जलेश्वरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टी बेइमानविरुद्ध तथा अन्याय–अत्याचारमा परेकाको साथमा रहेको बताए।

देशबाट अन्याय, अत्याचार र भ्रष्टाचार निर्मूल गर्न तथा न्याय, शान्ति, सुशासन र समृद्धि कायम गर्न नेकपा (एस) को साथमा लाग्न पूर्व प्रधानमन्त्री नेपालले अपिल गरे। उनले देशमा सुशासन कायम गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताए।

प्रकाशित: १७ आश्विन २०८० १४:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App