५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

बझाङ पुगेर रविले भने ‘राहत उद्धारमा सरकारलाई झक्झक्याउने छौं’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बझाङ पुगेका छन्। मंगलबार बझाङ केन्द्रबिन्दु भएको गएको ६ दशमलव ३ रेक्टरकाे भूकम्पले पुर्‍याएको क्षतिबारे जानकारी लिन उनी बझाङ पुगेका हुन्।

सभापति लामिछानेले बुधबार सामाजिक संजाल मार्फत आफूहरु बझाङ पुगेको बताए। उनले आज राती नै बझाङको चैनपुरसम्म पुग्ने उक्त पोस्ट मार्फत जानकारी दिए।

उनले राहत उद्धारमा सरकारलाई झकझक्याउने र आफूले सकेको पहल गर्न बताएका छन्। उनले लेखेका छन् ‘भूकम्पले निकै क्षति पुगेको बझाङ जिल्ला पुगेका छौं। आज राति नै चैनपुर पुग्ने छौं। राहत उद्धारमा सरकारलाई झकझक्याउने छौं , सकेको पहल गर्नेछौँ। रास्वपा बझाङका साथीहरू हिजै देखि सहयोगमा जुट्नु भएको छ।’

बझाङ भूकम्पमा परि १० भन्दा बढी घाइते भएका थिए। घाइते भएकाहरु मध्ये ९ जनाको जिल्ला अस्पतालमा उपचार भई घर फर्किसकेको छन् भने दुईलाई थप उपचारको लागि धनगढी रिफर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बझाङको तलकोट गाउँपालिका आसपास केन्द्र बिन्दु बनाएर मंगलबार दिउँसो २ बजेर ४० मिनेटको समयमा पालकोट केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्यूडको पहिलो भूकम्प गएको थियो। त्यसपछि दिउँसो ३ बजेर ६ मिनेटमा बझाङकै चैरपुर आसपास केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो।

प्रकाशित: १७ आश्विन २०८० १२:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App