१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

काँग्रेस तथा वाम गठबन्धनद्वारा मनोनयन दर्ता

बाजुरा –मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनका लागि नेपाली काँग्रेस र नेकपा एमाले, नेकपा माओवादी केन्द्र सहितको वाम गठबन्धनले मनोनयन दर्ता गराएका छन् । भव्य जुलुसका साथ मनोनयन दर्ताका लागि आएका दलका नेताहरूले आ–आफ्नो समयमा आएर मनोनयन दर्ता गराएका हुन् । 

प्रतिनिधि सभाका लागि नेपाली काँग्रेसको तर्फबाट पार्टी सभापति कविराज पण्डित र वाम गठबन्धनको तर्फबाट नेकपा एमाले केन्द्रीय सदस्य लालबहादुर थापाले मनोनयन दर्ता गराएका छन् । पण्डितको नेपाली काँग्रेसका केन्द्रीय सदस्य बद्री प्रसाद पाण्डे प्रस्तावक रहेका छन् । भने पार्टी सचिव रनसिंह अयडी समर्थक रहेका छन्। 

यस्तै वाम गठबन्धनबाट मनोनयन दर्ता गराएका लालबहादुर थापाको प्रस्तावकमा नेकपा एमाले वैकल्पिक पोलिटव्यूरो सदस्य एवं प्रदेश नम्बर ७ का सहसंयोजक पूर्व उद्योग मन्त्री कर्णबहादुर थापा रहेका छन् भने समर्थकमा पार्टी उपसचिव गगन रावल रहेका छन् । 

यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र १ बाट नेपाली काँग्रेसको तर्फबाट भूमी सुधार सहायक पूर्व मन्त्री जनकराज गिरीले मनोनयन दर्ता गराएका छन् । गिरीको प्रस्तावक जग्गी भण्डारी र समर्थकमा स्त्री देवकोटा रहेका छन् । प्रदेश निर्वाचन क्षेत्र २ मा पदम बहादुर शाहीले मनोनयन दर्ता गराएका छन् । काँग्रेस महासमिति सदस्य शाहीको प्रस्तावमा नेविसंघ जिल्ला अध्यक्ष सुरेन्द्र सिंह र समर्थकमा काँग्रेस जिल्ला कार्य समिति सदस्य शेरबहादुर खाती रहेका छन्। 

यस्तै सयुक्त वाम गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमाले पार्टी सचिव बलदेव रेग्मीले मनोनयन गर्दा गराएका छन् । रेग्मीको प्रस्तावक नेकपा माओवादी केन्द्र जिल्ला इन्चार्ज सहदेव बोगटी रहेका छन् । भने समर्थकमा नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य एवं निवर्तमान सांसद पेम्बा गुरुङ भोटे रहेका छन्। 

प्रदेश निर्वाचन क्षेत्र २ बाट नेकपा एमाले वैैकल्पिक केन्द्रीय सदस्य प्रकाश शाहले मनोनयन दर्ता गराएका छन् । शाहको प्रस्तावक नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक भरत बुढा छन् भने समर्थकमा नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य अमर खड्का रहेका छन् ।  

मनोनयन कार्य विहान ११ बजेबाट सुरु भएको थियो । १० बजेबाट सुरु गर्ने भनिएपनि दर्ता प्रक्रिया एक घण्टा ढिलो गरी ११ बजेबाट सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । जिल्लामा पाँच दलले मनोनयन दर्ता गर्ने भनिएपनि वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका कारण दलको संख्या घटेको हो । 

मनोनयन दर्ता गराउनु पूर्व दलहरूले बाजागाजा सहितको नारा जुलुसका साथ मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । निकै उत्साहका साथ आएका कार्यकर्ताले पार्टीका चर्का नारा जुलुस लगाएका थिए । दुवै प्रदेश निर्वाचन क्षेत्र र प्रतिनिधि सभामा वाम गठबन्धनका तर्फबाट एमाले बाटै उम्मेदवार बनेपनि माओवादी केन्द्रका नेता तथा कार्यकर्ताको पनि भव्य उपस्थिति रहेको थियो । 

प्रकाशित: ५ कार्तिक २०७४ ११:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App