१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको चीन भ्रमण नाटक: ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले प्रधानमन्त्रीको चिन भ्रमणलाई नाटकबाजीको संज्ञा दिएका छन्।

आईतवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रमुख सचेतक शाहीले प्रधामन्त्रीको चीन भ्रमणको क्रममा हङकङ, मकाउ लगायतका देशमा नेपालीहरुले पाउने समस्याको समाधान नभएको बताएका हुन्।

हङकङ र मकाउमा पासपोर्ट बनाउने सम्बन्धमा नेपालीहरुमा समस्या हुने गरेको भन्दै उनले सो समस्या समाधान हुन नसकेको बताए। सांसद शाहीले प्रधानमन्त्रीको चीन भ्रमणलाई नाटकबाजीको संज्ञा दिएका छन्।

उनले भने – ‘अहिले पनि हङकङको समस्या समाधान भएको छैन। हङकङमा हजारौँ नेपालीहरु आजपनि अलपत्र परेका छन्। आजपनि हङकङ र मकाउमा नेपालीहरुले पासपोर्ट बनाउँदाखेरी नेपालीहरुमा ठुलो समस्या पैदा भएको छ। त्यसको कहीँ कतै समस्याको समाधान भएको छैन। त्यो भएर यसलाई उपलब्धि होइन कि नाटकबाजी भन्नुपर्छ।’

उनले प्रधानमन्त्रीको विदेश भ्रमणबाट कुनै उपलब्धि हासिल हुन नसकेको बताए

यो पनि पढ्नुहोस

 

प्रकाशित: १४ आश्विन २०८० १३:४८ आइतबार