१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहाल मानसरोवर जादै

फाइल तस्बिर रासस

प्रधानमन्त्री पुष्पकमल दाहाल आज कैलाश पर्वत र मानसरोवर जाँदै छन्। चीनको औपचारिक भ्रमणमा रहेका उनी बुधबार तिब्बतको ल्हासा आएका थिए।

प्रधानमन्त्री दाहाल कैलाश पर्वतको भ्रमणका लागि बिहान ल्हासाको गङ्गा विमानस्थल पुग्नेछन र तिब्बत एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्नेछन।कैलाश पर्वत र मानसरोवरको भ्रमणका लागि उनका साथमा भ्रमण दलमा रहेका सदस्यहरू पनि रहेका छन।

बुधबार ल्हासा पुगको प्रधानमन्त्री दाहाल यहाँ विभिन्न द्विपक्षीय भेटघाट र निरीक्षण अवलोकनमा व्यस्त रहेका थिए। प्रधानमन्त्री दाहाल गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका छन।

प्रकाशित: ११ आश्विन २०८० ०२:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App