१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

राप्रपा अध्यक्ष लिङ्देन कतार प्रस्थान

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन कतारतर्फ प्रस्थान गरेका छन्।

पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) कतारको निमन्त्रणामा दोहामा हुने विविध कार्यक्रममा सहभागी हुन  लिङ्देन बुधबार राति त्यसतर्फ प्रस्थान गरेका हुन्।

अध्यक्ष लिङ्देन कतारमा रहँदा त्यहाँको विभिन्न नेपाली संघसंस्था एवं नेपाली समुदायसँग भेटघाट एवं अन्तरक्रिया गर्ने, नेपाली श्रमिकको समस्या र अवस्थाबारे जानकारी लिने, राजदूतावास कार्यालयका अधिकारीसँग विविध विषयमा छलफल गर्ने साथै प्रवासी नेपाली एकता समाज कतारद्वारा आयोजित कार्यक्रममा सहभागी हुने तालिका रहेको राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए।

भ्रमण दलमा राप्रपा केन्द्रीय सदस्य एवं पार्टीको केन्द्रीय प्रवास विभाग प्रमुख आनन्द अधिकारी पनि सहभागी छन्। कतार भ्रमणमा जानुअघि अध्यक्ष लिङ्देनले पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका छन्।

अध्यक्ष लिङ्देन असोज १३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रकाशित: १० आश्विन २०८० १७:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App