२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मेयर बालेन भन्छन्: चुनावी एजेन्डा भुलेको छैन, कानुनको पालना गर्दा अवरोध नगर्नू

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूले चुनावी वाचा नभुलेको बताएका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत महानगरविरुद्ध उभिएर आन्दोलन गरिरहेका सामाजिक अभियन्ता ई लाई सम्बोधन गर्दै बालेनले आफूले चुनावी एजेन्डा नबिर्सिएको बताएका हुन्।

त्यस्तै शाहले गरिबको सधैँका लागि बोल्दिने महानगर भएको पनि बताएका छन्।

उनले भनेका छन्,'गरिबको सधैको लागि बोल्दिने काठमाडौ महानगर छ। घोषणापत्रको कुन पेजको कुन बुँदामा लेखेको छु भन्ने पनि थाहा छ। त्यो बुँदा कुनै अमुक व्यक्ति वा समूहको व्यवस्थापनका लागि मात्र थिएन, त्यो गरिबी निर्मुल गर्ने एउटा चरणको रुपमा थियो। महानगरको सिमितता र सम्भावना दुवैको प्रत्यक्ष अध्ययनबाट केहि कार्यक्रमहरु थप परिस्कृत गरिएका हुन्। अहिले पनि भन्छौँ, संसारैबाट गरिबी हटाउने हो, गरिब होइन।' 

उनले केपी ओली, बाबुराम भट्टराई, कमल थापा, गगन थापा, स्वर्णिम वाग्ले लगायतको उपस्थिति र जायज मागहरु पुरा गर्नु पर्ने भन्ने तर्क राजनैतिक बेइमानी भएको बताएका छन्।  

हजारौँ काठमाडौँबासीको घर भत्काएर, थातथलो उठाएर अधिग्रहण गरेर, हडपेर फुटपाथ र सडक बनाइएको ठाउँलाई व्यापार र व्यवसाय गर्न दिइनु ति मानिसहरुप्रति अन्याय हुने उनले उल्लेख गरेका छन्।

'हजारौँ काठमाडौँबासीको घर भत्काएर, थातथलो उठाएर अधिग्रहण गरेर, हडपेर फुटपाथ र सडक बनाइएको ठाउँलाई व्यापार र व्यवसाय गर्न दिइनु ति मानिसहरुप्रतिको अन्याय मात्र होइन, जुन प्रयोजनका लागि अधिग्रहण गरिएको हो, त्यो भन्दा अलग्गै प्रयोजनका लागि प्रयोग गर्न नपाइने कानुनको समेत बर्खिलाप हुन जान्छ। यसैले कृपया, आन्दोलन बन्द गरेर नियम कानुनको पालना गर्नु र गराउन भनिदिनुहोला। हामीले कानुनको पालना गर्दा वा गराउँदा अवरोध नगरिदिनुहोला', उनले लेखेका छन्।

प्रकाशित: १० आश्विन २०८० ११:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App