४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकार निकम्मा भयो, सुझाव दिनुको अर्थ छैनः ओली

फाइल।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुन तस्करी छानबिन गर्न नचाहेको आरोप लगाएका छन्।

सुन तस्करी छानबिनका लागि आयोग गठन गर्न सरकारलाई आफ्नो पार्टीले बाध्य पारेपनि सो आयोगमार्फत छानबिन गर्न भने नमानेको ओलीको जिकिर थियो।

सोमवार काठमाडौंमा आयोजित पार्टीको वागमती प्रदेश कमिटीको प्रथम अधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले सरकारले आयोगलाई  सुन तस्करी छानबिन नभईे तस्करी हुन नदिने गरी कानून निर्माण गर्नका लागि सुझाव दिनुपर्ने जिद्दी गरिरहेको बताए।

अध्यक्ष ओलीले सरकार सुन तस्करहरुलाई भगाउनका लागि सो आयोग एक महिना पछि मात्रै बनाउन सहमत भएको समेत बताए। उनले आफ्नो पार्टीले पछिल्लो समय भएका सबै सुन तस्करीको कुनै पनि दिन छानबिन गराएरै छाडने चेतावनी समेत दिए।

अध्यक्ष ओलीले भ्रष्टाचारका सबै फाईल खोल्न पनि सरकारलाई चुनौति दिएका छन्। भ्रष्टाचारका फाईल खोले जेल पर्ने सत्तारुढ दलकै नेताहरु भएको ओलीले बताए। 

अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले जनताको आवाज संसदमा उठ्न नदिनका लागि संसद लामो समयसम्म स्थगित गर्न ठाडो आदेश दिएको पनि बताए। उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दृष्टान्त पेश गर्दै विदेश भ्रमणमा जाँदा किन संसद बैठक स्थगित गर्नुपरेको ? भनि प्रधानमन्त्री दाहाललाई प्रश्न समेत गरे।

अध्यक्ष ओलीले सरकार निकम्मा भएको भन्दै उसलाई सुझाव दिनुको कुनै अर्थ नरहेको पनि दोहोर्‍ए।

प्रकाशित: ८ आश्विन २०८० ११:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App