१६ चैत्र २०८० शुक्रबार
राजनीति

राजपा र संघीय समाजवादीबीच चुनावमा तालमेल गर्ने सहमति

काठमाडौँ –  प्रादेशिक र केन्द्रीय निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले संयुक्त उम्मेद्वारी दिने भएको छ।  

शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै दुई पार्टीले आपसी समझदारीका आधारमा दुवै पार्टीले संयुक्त भई साझा उम्मेद्वारको रुपमा चुनावमा भाग लिने जनाएको हो। 

फोरमका अध्यक्ष उपेन्द्र यादव र राजपाका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले हस्ताक्षरित विज्ञप्तीमा असमनता, विभेद, भेदभाव एवम् उपेक्षा, शोषण र उत्पीडनलाई अन्त्य गर्नका लागि संयुक्त रुपमा निर्वाचनमा भाग लिने जनाइएको छ।

 

प्रकाशित: २० आश्विन २०७४ ०७:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App