५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

देशमा नामको मात्र संघीयता: मुख्यमन्त्री यादव

मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले देशमा नामको मात्र संघीयता रहेको टिप्पणी गरेका छन्।

आइतबार लहानमा राष्ट्रिय वाणिज्य बैंकको नयाँ भवन उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले प्रहरी समायोजनका विषयमा संघीय सरकार गम्भीर नभएको गुनासो गरे।

मिटर ब्याज समन्वय समितिको कार्यालय मधेस प्रदेशको राजधानी जनकपुरधाममा उद्घाटन गर्न आएका गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रहरी समायोजन गरिदिए २४ घण्टामै आफूले मिटर ब्याजी पहिचान गरी ठिक पारिदिने भनेको सम्झिँदै मुख्यमन्त्री यादवले भने, ‘गृहमन्त्री श्रेष्ठले हुन्छ भनेको पनि ५ महिना बितिसक्यो। प्रहरी समायोजन अझै अनिश्चित छ। प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न ऐन बनेको ४ वर्ष भयो। २०७६ माघ २८ गते जारी भएको उक्त ऐनमा प्रस्ट रूपमा ऐन जारी भएको मितिले १ महिनाभित्र समायोजन प्रक्रियाको विवरण तयार गरिसक्ने उल्लेख छ। तर अहिलेसम्म प्रहरी समायोजनले मूर्तरूप लिन सकेको छैन।’

प्रकाशित: ७ आश्विन २०८० १४:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App