१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

शिक्षा ऐनको नवौं संशोधन फिर्ता गर्न माग गर्दै आन्दोलन घोषणा

काठमाडौं- शिक्षा ऐनको नवौ संशोधन फिर्ता गर्न माग गर्दै विद्यार्थी संगठनहरुले माग गरेका छन्। पाँच विद्यार्थी संगठनहरुले संयुक्त विज्ञप्ति निकाल्दै संयुक्त आन्दोलनको समेत घोषणा गरेका छन्। नयाँ शक्ति विद्यार्थी युनियन,  अखिल क्रान्तिकारी, विव्लव निकट अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी फोरम र राजपा विद्यार्थी संगठनले उक्त विद्येयक फिर्ता गर्न सरकारलाई आग्रह गरेका हुन्।

उच्चस्तरीय शिक्षा आयोगबाट राजीनामा दिने शिक्षाविद् र संशोधित शिक्षा विधेयकको विपक्षमा उभिने सांसदहरुलाई विद्यार्थी संगठनले धन्यवाद समेत व्यक्त गरेका छन्। उनीहरुले शिक्षा आयोगका अन्य सदस्यहरुलाई राजीनामा दिन समेत अपिल गरेका छन्। संगठनले संशोधित शिक्षा विधेयक जलाउने सम्मको कार्यक्रम सार्वजनिक गरेका छन्। संशोधित विद्येयक फिर्ता नलिए तेस्रो चरणको कार्यक्रम संघर्षको कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन्।

यसैबीच "शिक्षा ऐनको नवौ संशोधन खारेज गर" भन्ने नारासहितको कालो ब्यानर प्रदर्शन गर्दा नयाँ शक्ति विद्यार्थी युनियनका ९ विद्यार्थी नेता पोखरामा पक्राउ परेका छन्। पोखरामा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई "शिक्षाको नवौ संशोधन खारेज गर " भन्ने नारा सहितको कालो ब्यानर प्रदर्शनको क्रममा शनिबार उनीहरु पक्राउ परेका हुन्। पक्राउ परेका नयाँ शक्ति विद्यार्थी युनियनका महासचिव नेत्र चापागाई, सचिव रेशम साप्कोटा, बिकल पौडेल, प्रदेश नं ४ अध्यक्ष सुनिल पौडेल, सचिव सङ्गीत लामिछाने , नेताहरु शिब लामिछाने लगायत शनिबार साँझ रिहा भएका छन्।  

 

 

 

 

प्रकाशित: ७ आश्विन २०७४ १४:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App