१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

तेस्रो जनआन्दोलनको तयारीमा छौँ: कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले तेस्रो जनआन्दोलनको तयारी थालेको बताएका छन्।आज काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले  यस्तो कुरा बताएका हुन। उनले आफूहरूको आन्दोलन कसैलाई विस्थापित गर्नको लागि नभएको पनि बताए। 

उनले देशमा करिब डेढ दशकदेखि राज्यसत्ता कब्जा गरेर मुलुकमा भ्रष्ट व्यवस्था सञ्चालन गरिरहेकाहरूले जनताको व्यवस्था र अवस्थामा परिवर्तन गर्ने कुरा सम्भव नरहेको जिकिर गरे।उनले सत्तामा कब्जा जमाएका भ्रष्ट शासकहरूको अकर्मण्यता, सत्ता लिप्सा र विदेशीको दलाली गर्ने आत्मसमर्पणवादी प्रवृत्तिले गर्दा अहिले सामान्य रोजगारीको निमित्त पनि नेपालको युवा जनसङ्ख्याको आधा भन्दा बढी विदेश पलायन हुन बाध्य भएको बताए।

 लोकतन्त्रको आवरणमा केवल केही सीमित राजनैतिक दलहरूले नेपालमा सिण्डकेट तन्त्र कायम गरिरहेको उनको आरोप छ।अध्यक्ष थापाले देशको राष्ट्रिय अस्तित्व, स्वतन्त्रता र सार्वभौम सत्ता नै जोखिममा पर्न सक्ने खतरा रहेको उल्लेख गरे।अध्यक्ष थापाले सनातन धर्मको रक्षाका निमित्त उभिएका युवाहरूलाई अवाञ्छित किसिमबाट मुद्दा लगाएर कारबाही गर्ने प्रयास गरे चुप लागेर नबस्ने चेतावनी दिए।

 उनले भोटको लागि विदेशी डलरको लोभमा वा राजनीतिक स्वार्थका लागि अल्पसङ्ख्यकहरूलाई रिझाउने नाममा बहुसङ्ख्यक हिन्दु बुद्धिष्ट र किराँतीहरूलाई कमजोर बनाउने र हेप्ने काम भयो भने हिन्दु, बुद्धिष्ट र किराँतहरू चुप लागेर नबस्ने बताउनु भयो। उहाँले चुप लागेर बस्नुलाई हिन्दुहरूको कमजोरी नठान्न चुनौती दिए।अध्यक्ष थापाले हिन्दुहरू सधैँ चुप लागेर बस्छन् भन्ने नठान्न चेतावनी दिए।

प्रकाशित: २९ भाद्र २०८० १२:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App