१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

उपप्रधानमन्त्री महरा सेन्जेनमा, आज स्वेदश फर्किने

काठमाडौं- छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चीनको ग्वाङन्दोङ प्रान्तको सेन्जेन सहरमा रहेको सेन्जेन इन्टरनेसनल साइन्स एण्ड टेक्नोलोजिज विजेनेस प्लाटफर्मको भ्रमण गरेका छन्। 

आज बिहान उनले त्यहाँको अवलोकन गरी उक्त सहरमा भएको विकास र त्यहाँको औद्योगिक विकासलाई नेपालमा कसरी लैजान सकिन्छ भन्ने विषयमा छलफल गरेको उनका जनसम्पर्क तथा पेस संयोजक हरि लामिछानेले जानकारी दिए। सोही अवसरमा त्यहाँस्थित मेडिकल सामग्री उत्पादन गर्ने कम्पनी मिण्ड्रीको अवलोकन गरे।

उक्त कम्पनीले विश्वका विभिन्न मुलुकमा एक्सरे मिसिन, एमआरआई,अल्ट्रासाउन्डलगातका अत्याधुनिक मेडिकल सामग्रीको उत्पादन गरी बिक्री गर्दै आएको छ। उपप्रधानमनत्री महरा आज राति स्वदेश फर्केनेछन्। रासस 

प्रकाशित: २६ भाद्र २०७४ ०९:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App