२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

श्रम गन्तव्य देशका राजदुतलाई प्रधानमन्त्रीले बोलाए काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहालले श्रम गन्तव्यलाई सुरक्षित बनाउन र मानव तस्करीलाई रोक्न नेपालका श्रम गन्तव्य देशका राजदुत र नियोग प्रमुखलाई काठमाडौं बोलाएका छन्।

प्रधानमन्त्री दाहालले विदेशस्थित नेपाली दुतावास तथा कुटनैतिक नियोगका प्रतिनिधिहरुलाई काठमाडौं बोलाई दुई दिवसीय बैठक आयोजना गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकको अध्यक्षता स्वयं प्रधानमन्त्री दाहालले गर्नेछन्।  बैठकमा श्रम आप्रवासनका सवालहरु र कुटनैतिक नियोगको भुमिकाबारे छलफल हुने बताइएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार वैदेशिक श्रम स्वीकृति देखी कार्यस्थलसम्म नेपाली श्रमिकले भोगेका समस्या र त्यसको समाधानको उपाय निकाल्ने र निष्कर्षलाई निर्णयमा बदल्ने काम बैठकले गर्नेछ।

बैठकमा विभिन्न माध्यम र रूपमा भइरहेको मानव तस्करीलाई कसरी रोक्ने र श्रम गन्तव्यलाई कसरी सुरक्षित बनाउने भन्नेमा छलफल केन्द्रीत हुनेछ। छलफलमा श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयको सक्रिय सहभागीता रहनेछ।

प्रकाशित: २४ भाद्र २०८० १७:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App