१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

निजामती पुरस्कार पाउने ‘पहुँचवाला’

२०औं निजामती सेवा दिवस अवसरमा पुरस्कृत भएका अधिकांश कर्मचारी पहुँचवाला र काठमाडौंमा कार्यरत रहेको भन्दै असन्तुष्टि देखिएको छ। विकट हिमाली जिल्लामा कार्यरत तथा पहुँच नभएका र इमानदार कर्मचारीलाई पुरस्कार नदिएको भन्दै कर्मचारी वृत्तबाटै असन्तुष्टि पैदा भएको हो।  

सरकारले शुक्रबार ४० कर्मचारीलाई पुरस्कृत गरेको छ। तर सर्वोत्कृष्ट पुरस्कार भने कसैलाई दिइएन। सरकारले २०७३ सालदेखि हालसम्म सोे पुरस्कार कसैलाई दिएको छैन। हाल संघमा झन्डै ५० हजार कर्मचारी छन्। तीमध्ये एक जना पनि सर्वोत्कृष्ट कर्मचारी भेटिएन। मुख्यसचिवको संयोजकत्वमा निजामती पुरस्कार सिफारिस समिति गठन गरिएको थियो। उक्त समितिले गरेको सिफारिसको आधारमा शुक्रबार निजामती पुरस्कार घोषणा गरिएको हो। सरकारले सर्वोत्कृष्ट कर्मचारीका लागि २ लाख, उत्कृष्ट कर्मचारीका लागि १ लाख र निजामती पुरस्कारका लागि ५० हजार रूपैयाँ छुट्ट्याएको छ। संघीय मामिला मन्त्रालयका एक उपसचिवले निजामती पुरस्कार घोषणा गर्दा राजनीतिक दलनिकट भएको आधारमा भागबन्डा गरिएको दाबी गरे। पुरस्कारमा स्थानीय तहका कर्मचारीलाई नसमेटिएको भन्दै स्थानीय तहमा कार्यरत कर्मचारीले निजामती दिवस कार्यक्रम नै बहिष्कार गरेका छन्।

प्रकाशित: २३ भाद्र २०८० ०३:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App