२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

लुम्बिनी एमाले अधिवेशन: ५ सय गन्दा रिजाल २९ मतले अगाडि

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा हरिप्रसाद रिजालले अग्रता कायमै राखेका छन्।

५ सय मत गन्दा रिजालले २६२ मत पाएका छन्। अध्यक्षका अर्का प्रतिस्पर्धी राधाकृष्ण कँडेलले २३३ मत ल्याएका छन्।

खसेको कुल मतको आधा गणना हुँदा रिजालले २९ मतले अग्रता लिएका हुन। कुल १ हजार ५ प्रतिनिधि मतदाता रहेकोमा ९६५ मत खसेको थियो।

निर्वाचन आयुक्त भोजराज पोखरेलले प्रारम्भिक नतिजा आउन थाले पनि अन्तिम नतिजा भोली बिहानसम्म आइसक्ने बताए। उनले नौ वटा टोली बनाएर मतगणना भइरहेको जानकारी दिए।

प्रत्येक सय मत गनेर सकेपछि परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ।

प्रकाशित: १९ भाद्र २०८० १७:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App