१६ चैत्र २०८० शुक्रबार
राजनीति

प्रधानमन्त्री देउवालाई भारतमा विदेशमन्त्रीको स्वागत

काठमाडौं- भारतको पाँच दिवसीय राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय विदेशमन्त्री सुस्मा स्वराजले इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेकी छन्। प्रधानमन्त्रीको स्वातगमा भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्याय, भारतीय राजदूत मन्जिव सिंह पुरी विमानस्थल पुगेका थिए। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा एक प्रतिनिधिमण्डल सहित देउवा आज भारत प्रस्थान गरेका थिए।

प्रधानमन्त्री सहित भ्रमणमा रहेका केही विशिष्ट व्याक्तिहरु राष्ट्रपति भवनमा बस्ने परराष्ट्रमन्त्रालले जनाएको छ।  

देउवाले आज मध्यान्ह नेपाली राजदूतावासमा भारतमा रहेका नेपाली समुदायसँग भेटघाट गर्ने छन्। प्रधानमन्त्रीले आजनै भारतीय व्यापारीहरुसँग लगानी भित्र्याउने उदेश्य सहित छलफल गर्ने कार्यक्रम रहेको छ। उनले बिहीबार मात्र भारतीय अधिकारीहरुसँग भेट्ने कार्यक्रम रहेको छ।

 

 

प्रकाशित: ७ भाद्र २०७४ ०८:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App