४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमालेद्वारा दुई वटा संसदीय समिति सभापतिमा उम्मेदवारी दर्ता

नेकपा एमालेले दुई वटा संसदीय समितिका सभापतिमा उम्मेदवारी दर्ता गरेको छ।

आईतवार सिंहदरबारमा एमालेका तर्फबाट सार्वजनिक लेखा समितिको सभापतिमा ऋषिकेश पोखरेल र महिला तथा सामाजिक मामिला समिति सभापतिमा किरणकुमार शाहले उम्मेदवारी दर्ता गराएका हुन्।

पोखरेलको प्रस्तावकमा सत्तारुढ दल नेपाली काँग्रेसका सांसद राजेन्द्र केसी र समर्थकमा एमाले सांसद दामोदर भण्डारी रहेका छन्। त्यस्तै महिला तथा सामाजिक समिति सभापतिका लागि एमाले सांसद किरणकुमार शाहले उम्मेदवारी दर्ता गराएका छन्। उनको प्रस्तावकमा काँग्रेस सांसद शान्ति बिक रहेका छन् भने एमाले सांसद अस्माकुमारी चौधरी समर्थक बनेका छन्। संसदीय समिति सभापति चयनका लागि सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच गठबन्धन देखिएको छ। समिति सभापतिमा उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा सार्वजनिक लेखा समितिको सभापतिका उम्मेदवार ऋषिकेश पोखरेलले सार्वजनिक लेखा समितिले सरकारले गरेका खर्चलाई कानूनसम्मत बनाउनका निम्ति सहयोग गर्ने, सुझाव दिने र आर्थिक अनुशासनलाई कायम गराउने पक्षमा सरकारलाई सहयोग, सुझाव र उठिरहेका विषयवस्तुमा सरकारलाई आवश्यक अन्य सल्लाह दिने काम रहेको बताए।  

उनले भने, ‘संसदमा हमी यसलाई मिनि पाल्र्यामेण्ट भन्छौँ। विशेष गरी सार्वजनिक लेखा समिति भनेको सरकारले गरेका खर्चलाई कानूनसम्मत बनाउनका निम्ति सहयोग गर्ने, सुझाव दिने र आर्थिक अनुशासनलाई कायम गराउने पक्षमा सरकारलाई पहिलो कुरा त सहयोग, दोस्रो सुझाव र तेस्रो उठिरहेका विषयवस्तुमा सरकारलाई आवश्यक अन्य सल्लाह र सुझावहरु दिने काम गर्छ। संसदले दिएको निर्देशन, सल्लाह, सुझाव सरकारको कार्यान्वयन गर्ने कर्तव्य हो। समितिले दिएको सल्लाहलाई सरकारले मान्नुपर्छ।’

प्रकाशित: १० भाद्र २०८० ०८:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App