२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मुख्यमन्त्रीले लिएको विश्वासको मत संविधान संम्वत: नेता सिटौला

फाइल तस्बिर

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले लिएको विश्वासको मत संविधानसंम्वत रहेको बताएका छन्।

आज विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सिटौलाले कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले लिएको विश्वासको मत संविधानसम्बत रहेको बताएका हुन्।

सिटौलाले संविधानको धारा १८८ मा  मुख्यमन्त्रीले राखेको विश्वासको मतको प्रस्ताव प्रदेशसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतले पारित भएमा मात्रै मुख्यमन्त्रीले विश्वासको मत पाउने उल्लेख रहेको सिटौलाले बताए।

उनले  धारा १८६मा उल्लेख भएको विषय दल त्याग गरेर सभामुख र उपसभामुख भएको व्यक्तिका लागि लागु हुने अन्य सदस्यको हकमा लागू नहुने जिकिर गरे। ‘हिजो प्रदेशभामा अध्यक्षता गर्ने सांसद पार्टी त्याग गरेको र सभामुख र उपसभामुख बनेको व्यक्ती हैन’ सिटौलाले  भने, ‘प्रदेशसभाको सभामुखलाई पार्टीको ह्वीप लाग्दैन तर, हिजो प्रदेशसभाको अध्यक्षता गर्ने सांसदलाई पार्टीको ह्वीप लाग्ने भएकाले उहाँले पार्टीको ह्वीप मानेर मुख्यमन्त्रीलाई विश्वासको मत दिनुभएको हो।’ सिटौलाले कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले लिएको विश्वासको मत संविधानसंबत रहेकाले कुनै पनि समस्या नआउने स्पष्ट पारे।

सिटौलाले संविधान पूर्ण रुपमा कार्यान्वयनमा नआएको र प्रदेश तथा स्थानीय तहहरूले पाएको एकल अधिकारका सूचिहरूलाई पनि प्रयोग गर्न नपाएका कारण संघीय व्यवस्थाबाट जनताले केहि पनि नपाएजस्तो अनुभूति गरिरहेको बताए। उनले संघीयतालाई बलियो बनाउन प्रदेश र स्थानीय तहहरूलाई उनीहरूको एकल अधिकार सूचिका अधिकार निर्वाध प्रयोग गर्न पाउने व्यवस्था चाँडो गर्न आवश्यक रहेको धारणा राखे।  

प्रकाशित: ५ भाद्र २०८० १३:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App