४ मंसिर २०८१ मंगलबार
image/svg+xml
राजनीति

रवि लामिछाने नेतृत्वको रास्वपा सामाजिक सञ्जालमा मात्रै सिमितः मिन विश्वकर्मा

नेपाली काँग्रेसका नेता मिनबहादुर विश्वकर्माले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सामाजिक सञ्जालमा मात्रै सिमित रहेको दाबी गरेका छन्।

मंगलवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो टिप्पणी गरेका हुन्।

पार्टीको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख समेत रहेका नेता विश्वकर्माले नेपाली काँग्रेस समाजमा जन्मिएको तर राष्ट्रिय स्वतन्त्र पार्टी भने सामाजिक सञ्जालबाट जन्मिएको जिकीर समेत गरे। समाजमा जन्मिएको पार्टी भएको हुनाले नेपाली काँग्रेसले जन सेवाको कामलाई निरन्तर अघि बढाएको उनको भनाइ थियो। नेता विश्वकर्माले नेपाली काँग्रेस प्रचारमा नभई जनताको सेवा गर्ने काममा केन्द्रित भइरहेको उनले बताए।

उनले भने, ‘समाजबाट जन्मिएका पार्टीहरु समाजमै छन्। सामाजिक सञ्जालबाट बनेका पार्टीहरु अझै सामाजिक सञ्जालमै छन् भन्ने हाम्रो बुझाई छ। यति फरक छ। हाम्रो पार्टी समाजमै छ। र, केही पार्टी सामाजिक सञ्जालमा छन्। यसलाई हामीले यसरी बुझेका छौं। हामीले के बुझेका छौं भने प्रचारबाजीबाट मात्रै जाने कि वास्तविक जनतासँग काम गर्न जाने? यसैका लागि हामीले के भन्यौं भने अव यो घिउजस्तै चिज बेच्ने कि वास्तविक घिऊनै बेच्ने भन्ने कुरा हो। घिउ जस्तै बेचेका साथीहरुसँग हामी वास्तविक घिउनै लिएर जनतामा जाने हो।’

प्रकाशित: ५ भाद्र २०८० १२:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App