२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

आफूमाथी ‘अभद्र व्यवहार' गर्नेलाइ २४ घण्टाभित्र पक्राउ नगरे मुद्धा हाल्ने साम्पाङको चेतावनी

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूमाथि ‘अभद्र व्यवहार’ गरेको भन्दै ति व्यक्तिहरुलाई पक्राउ नगरे आफूले मुद्धा हाल्ने चेतावनी दिएका छन्। 

सामाजिक संजालमा भाइरल भएको एक भिडियोमा मेयर साम्पाङलाई एक महिलाले थर्काइरहेको देखिन्छ। ति महिलाले आफ्नो 'जग्गामा नआइजो भनेको होइन' भन्दै मेयर साम्पाङलाई भनेकि छिन्।  

साम्पाङले केही दिनअघि सर्दु जलाधार क्षेत्रमा गएर व्यक्तिगत जग्गामा गएर वृक्षारोपण गरेका थिए। सो सम्बन्धमा जग्गा धनीको निवेदनपछि अदालतले समेत बृक्षारोपण नगर्न आदेश दिएको थियो । तर साम्पाङ पुनः त्यो ठाउँमा पुगेपछि स्थानीय महिला आक्रोशित भएकि हुन्।

ति महिला भन्छिन्, 'अदालतको पत्र हेर्नु भएन। मेरो जग्गा नआउनु भनेको होइन।' यसको जवाफमा मेयर साम्पाङले 'कहाँ नआइज भनाे, बढ्ता कुरा नगर्नुस् है' भनेका छन्।  

महिलाले अदालतको पत्र देखाउँदै 'मेरो जग्गााको विरुवा ओखल्दिन्छु' भनेपछि मेयर हर्कले 'तिमिहरूकाे घर भत्काइदिन्छु' भनेको भिडियोमा सुनिएको छ। 'तिमिहरूकाे घर भत्काइदिन्छु' भन्दै मेयर साम्पाङ फर्किएका छन्।  

भिडिओ भाइरल भएसँगै साम्पाङले आज बिहान फेसबुकमा स्टाटस लेखेका हुन्। उनले २४ घन्टाभित्र कस्टडीमा राखेर अनुसन्धान नचलाइए  पत्रकार सम्मेलन गरेर सम्बन्धित निकायहरू विरुद्ध नै मुद्दामा जाने चेतावनी समेत दिएका छन्। उनले त्यस पछिको अराजकताको जिम्मेवारी कसले लिने भनेर प्रश्न समेत गरेका छन्।  

हर्क साम्पाङ लेख्छन्, 'यो देशमा राज्य सरकार छ छैन रु म माथि अभद्र व्यवहार गर्नेलाई २४ घण्टा भित्र पक्राउ गरी कस्टडीमा राखेर अनुसन्धान चलाइएन भने मैले पत्रकार सम्मेलन गरी र सम्बन्धित निकायहरू विरुद्ध नै मुद्दामा जानुको विकल्प रहने छैन १ त्यस पछिको अराजकताको जिम्मेवारी कसले लिने ? अनि, नागरिकको आन्दोलनलाई कसले सम्बोधन गर्ने ?'

प्रकाशित: ५ भाद्र २०८० ०५:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App