१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

डा. केसीको समर्थन गर्दै भरतपुरमा प्रदर्शन

चितवन – काठमाडौंमा अनशनरत डा.गोविन्द केसीको माग सम्बोधन गरेर उनको जीवन रक्षा गर्न सरकारसँग माग गर्दै शुक्रबार साँझ भरतपुरको चौबिसकोठीमा प्रदर्शन भएको छ । चिकित्सा क्षेत्रमा सुधारको माग राखेर डा.केसीले पाँच दिन पहिलो काठमाडौंमा आमरण अनशन सुरु गरेका छन् । उनले आमरण अनशन सुरु गरेको यो ११ औं पटक हो । 

यस पटक केसीले सरकार समक्ष सात बुँदे माग राखेका छन् । उनको मागको सम्बन्धमा शुक्रबार सरकारले वार्ता सुरु गरेको छ । तर पहिलो दिनको वार्ता कुनै खास निश्कर्षमा पुग्न सकेन । डा.केसीले उठाएको माग आम सर्वसधारणको सरोकारको विषय भएका कारण त्यसलाई सरकारले बेलैमा पूरा गर्नु पर्ने प्रदर्शनमा उत्रेका युवा अमर घिमिरेले बताए ।

डा.गोविन्द केसी आठौं पटक अनशनमा बस्न सुरु गरेदेखि नै उनको समर्थनमा गत वर्षको साउनबाट नै घिमिरे लगायतका युवाहरुको सक्रियतामा चितवनमा प्रदर्शन सुरु हुन थालेको हो । डाक्टर केसीको आन्दोलनमा समर्थन गर्न उनै घिमिरेको संयोजकत्वमा अहिले चितवनमा सोलिडारिटी फर गोविन्द केसी एलायन्स चितवन नामक संस्था गठन भएको छ ।

सोही संस्थाको आह्वानमा शुक्रबार चौविस कोठीमा प्रदर्शन भएको हो । साँझ पाँच बजे सुरु भएको प्रशर्दन आधा घण्टापछि समापन भएको थियो । सहभागीहरू गोविन्द केसीको माग तत्काल पुरा होस भन्ने नारा लेखिएको प्लेकार्ड हातमा लिएर उभिएका थिए । माग पूरा नहुँदासम्म दिनहुँ यसरी नै प्रदर्शन जारी रहने संयोजक घिमिरेले बताए । यसअघि पनि यही शैलीमा प्रदर्शन हुने गरेको थियो ।

प्रदर्शनमा युवाहरु र सर्वसाधरण सहभागी थिए । ‘हामीले सामान्य रुपमा आह्वान गरेका हौं । यो आह्वान सुनेर आउनेहरु प्रदर्शनमा बस्नु हुन्छ । डा.केसीको माग सामान्यभन्दा सामान्य जनताको सरोकारसँग जोडिएको हुँदा ति मागहरू पुरा हुनु पर्छ भन्ने लाग्नेहरू जहिले पनि हाम्रो प्रदर्शनमा स्वस्फुर्त रुपमा भाग लिनु भएको छ’ घिमिरेले भने । 

प्रदर्शन ठिक समयमा पाँच बजे नै सुरु हुने गरेको छ । ‘हामी कसैलाई कुर्दैनौं । यो कोही खासको नभएर सबैको कार्यक्रम हो । जायज कार्यक्रम हो । यस्तो कार्यक्रममा एकजना आए पनि सफल हुन्छ भन्ने सोचले आयोजना गरेको हुन्छौं । तर सधै अपार समर्थन मिलेको छ’ घिमिरेले भने । उनले यस पटक पनि डाक्टर केसीका माग पुरा नहुँदासम्म भरतपुरको प्रदर्शनमा सहभागी हुन सबैलाई अपिल गरेका छन् । 

प्रकाशित: १३ श्रावण २०७४ १२:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App