१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

नेपाल प्रहरीलाई मोटरसाइकल चोरीको सूचना जाने जीपीएस प्रविधि ’लोकोमो’ नेपालमा

घर, अफिस, तथा सुरक्षित पार्किंङ बाटै पनि नेपालमा दैनिक ५ वटा सम्म दुइ–पांग्रे सवारीसाधन हराउने र चोरी हुने गरेपछि चोरी रोक्न जीपीएस प्रविधि शुरु भएको छ । चोरी तथा सडक सुरक्षा, राजमार्ग यात्रा, महिलासुरक्षा लगायतका समस्याहरु पहिचानका लागि सो प्रविधि शुरु भएको हो।  

अमेरिका र नेपालमा गरिएको दुई वर्ष लामो प्राविधिक अन्वेषण, अमेरिकाको नियामक निकाय एफ।सी।सी। र नेपालकै संचार मंत्रालयको स्वीकृति पछि मोटरसाइकल चोरी रोक्ने र व्यक्तिगत तथा सामाजिक सुरक्षामा सहयोग पुया¥उने उद्देश्यसहित जी.पी.एस. प्रविधि मा आधारित ‘लोकोमो’ नेपालको बजारमा औपचारिक रूपमा प्रवेश भएको छ । लोकोमोले नेपालमा मोटरसाइकल तथा स्कुटर चोरी निर्मूल, महिला सुरक्षा र सार्वजनिक सड़क सुरक्षामा महत्वपूर्ण भूमिका हुने विश्वास गरिएको छ।  

लोकोमो कार्य बिभाग प्रमुख अनिता देवकोटाका अनुसार कुनै सार्वजनिक स्थानमा सवारी छोडेर जान परे लोकोमो मोबाइल एप बाट ‘स्मार्ट लक’ गरेपछि चोरी गर्न कसैले तार काटे पनि मोटरसाइकल स्टार्ट हुँदैन। कुनै अनधिकृत व्यक्तिले लगि हाले पनि मोबाइल फोन बाटै आफ्नो मोटर साइकल बन्द गर्ने, अनि मोबाइलमा हेरेरै आफ्नो सवारीसाधन को लोकेशन पत्ता लगाउन सकिने छ।  तर त्यति हुनु अगाडि नै लोकोमोले मोबाइलमा सूचना पठाई सकेको हुन्छ । बिशेषतः रोकेर राखेको मोटरसाइकल कुनै अनधिकृत व्यक्तिले चलाउन खोजेमा, तार काटेमा, अथवा चोरी गर्ने प्रयास गरेमा यसमा रहेको सेन्सर सक्रिय भएर सवारी धनी लाई सुचना पठाउछ।

यो प्रविधिको वावजुद चोरी भएको भन्ने यकिन भएमा सवारीधनीले नेपाल प्रहरीलाई मोबाइल बाटै मोटरसाइकलको लाइभ लोकेशन जानकारी गराउन सक्नेछन्। नेपाल प्रहरीको प्रधान कार्यालय र उपत्यका ट्राफिक प्रहरी कार्यालयमा जडित सफ्टवेयरबाट मोटरसाइकल तुरुन्तै ट्रयाक गरी कुन रूटमा, कति गतिमा गुडीरहेको छ हेर्दै प्रहरीलाई परिचालन हुन सहज हुने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताले कुबेर कडायत बताए।  

महिला स्कूटर चालकको रात्रीकालिन सुरक्षा लक्षित यसको अर्को बिशेषता‘सेफ्टी नेट’ रहेको छ, जसले रातीको समय यात्रा गर्ने महिला वा पुरुषले आफ्नो रुट र लाइभ लोकेशन निश्चित समयकालागि परिवारका सदस्यलाई पठाउन सकिने व्यवस्था एपमा गरिएको छ।

नेपाल प्रहरीका अनुसार तेज गती, लेन अनुशासन, ट्राफिक नियमको उल्लंघन बढी मात्रामा दुइ–पांग्रे सवारी साधनका चालकबाट हुने गर्छ र तिनका परिवारका सदस्यलाई आफ्नो छोरा–छोरी, भाई–बहिनीको सुरक्षा बारे संधै एउटा त्रास रहि रहन्छ। ‘धेरै स्पीड नगर’ भन्ने बाहेक अरु उपाय पनि छैन। ट्राफिक कारबाहीका अतिरिक्त त्यस किसिमका गतिविधिहरू नियन्त्रण गर्न परिवारले पनि आफ्नो भूमिका निर्वाह गर्नुपर्ने हुन्छ। अब भने यो प्रविधिले अभिभावकलाई आफ्ना परिवारका सदस्यको दिनभरीको गति, गन्तव्य, रुट हेर्न सहज हुनेछ र त्यस्ता गतिविधि केही हदसम्म नियन्त्रण गर्न पनि यो प्रविधि सहयोगी हुने कम्पनीले दावी गरेको छ।

रात्रीकालीन अथवा राजमार्ग यात्रा गर्दा मोटर साइकल अथवा स्कूटर बिग्रिएको अवस्थामा आफ्नो सबै भन्दा नजिकको वर्कशपबाट प्राविधिक बोलाउन सकिने सुविधाले गर्दा लोकोमोमा दुईपांग्रे सवारी साधनधनिहरु अझै आकर्षित हुने बताइएको छ।

प्रकाशित: २६ श्रावण २०८० ०६:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App