८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

संसद्मा अवरोध नहटेपछि सभामुख देवराज घिमिरेले आजको बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।  

आज दिउँसो १ बजे संसद्को दुबै सदनको बैठक बस्दै छ। त्यसअघि बिहान साढे ११ बजे बस्ने गरि सभामुखले कार्यव्यवस्था बैठक बोलाएको संसद् सचिवालयले जनाएको छ। बैठक संसद भवन बानेश्वरमा बस्ने छ। बैठकमा प्रमुख प्रतिपक्षी दलसहित सदनमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरू सहभागी हुनेछन् ।

एक क्विन्टल सुन प्रकरणमा उच्च स्तरीय छानबिन समिति बनाउन माग गरिरहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार संसद् अवरूद्ध गर्दै आएको छ।  

मंगलबारको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले यससम्बन्धमा जवाफ दिएपनि चित्त नबुझेको भन्दै संसद् अवरोध गरेपछि आज सम्मको लागि सभामुखले संसद् बैठक स्थगित गरेका थिए। 

प्रकाशित: २४ श्रावण २०८० ०४:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App