प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सुन प्रकरणबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएको जवाफप्रति असन्तुष्टि गर्दै संसद फेरी अवरुद्ध गरेको छ।
गृहमन्त्री श्रेष्ठको जवाफ चित्त बुझ्दो नभएको उल्लेख गर्दै आफ्नो उच्च स्तरीय छानिबिन समिति माग यथावत राखेको छ। गहृमन्त्री श्रेष्ठको जवाफ पछि संसदमा नाराबाजी गरेको छ ।
एमालेका सचेतक महेश बर्तौलाले सरकारले सुन तस्करहरुलाई संरक्षण गर्न समिति बनाउन नचाहेको आरोप लगाएका थिए। उनले आफ्नो पार्टीको माग यथावत रहेको बताएका थिए।
एमालेले नाराबाजी गरेपछि आजको संसद बैठक स्थगित भएको छ। बैठक अब भोलि दिउँसो १ बजे बस्नेछ।
प्रकाशित: २३ श्रावण २०८० १३:०३ मंगलबार