१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

सरकार र प्रतिपक्षबीच अझै भएन सहमति, दोस्रो चरणको छलफल सुरु

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले सुन प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति बनाउन सरकारले आनाकानी गरिरहेको बताएका छन्।

सरकारमा सामेल सत्तापक्ष दलका शीर्ष नेताहरु र प्रतिपक्षका शीर्ष नेताहरुबीच सोमबार बिहानैदेखि समिति गठनमा सहमति गर्ने प्रयास भइरहेको छ। दुई पक्षबीच पहिलो चरणमा भएको छलफलबाट कुनै निकास आएको छैन।

‘सरकार अझै पनि उच्चस्तरीय छानबिन समिति गठन गर्न मानिरहेको छैन। त्यसैले सहमति नभएको हो। हामी फेरी दोस्रो चरणको वार्तामा बस्न थालेका छौं’, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले नागरिकन्यूजसँग भने।

उनले सरकारले आफ्नो अडान नछोडे आफूहरू पनि त्यही अनुसारअघि बढ्ने बताए।

दुई पक्षबीच समिति गठनका विषयमा सहमति हुन नसक्दा गत १० गतेदेखि संसद् अवरुद्ध भएको छ। एमालेले सुरु देखिनै सुन प्रकरण छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग राख्दै आएको छ।

दुई पक्षबीच सहमति हुन नसक्दा सोमबार एक बजे बस्ने भनेको प्रतिनिधिसभाको बैठक ४ बजेसम्मका लागि स्थगित भएको छ। उता  राष्ट्रियसभा बैठक पनि एमालेका सदस्यहरूले यही विषयमा विरोध गर्दा स्थगित भएको छ।

प्रकाशित: २२ श्रावण २०८० १०:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App