१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

रविले भोटको सस्तो राजनीति गर्न खोजेको देखियोः शंकर पोखरेल

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन-२ मा महिलाका लागि निः शुल्क ब्लु बस चलाएर भोटको सस्तो राजनीति गर्न खोजेको आरोप लगाएका छन्।  

बुधबारदेखि रास्वपाका सभापति रवि लामिछानेले आफ्नो चुनाव क्षेत्रमा महिलाको लागि निशुल्क बस सेवा सुरू गरेका छन्। उनको यो कदमलाइ कतिपयले राम्रो भनेका छन् भने कतिपयले स्टन्टबाजीको संज्ञा दिएका छन्।  

यसैक्रममा पोखरेलले बिहीबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै, 'महिलाहरु परिवारको मुलीको रुपमा भूमिका निर्वाह गरिरहेका बेला नयाँ शक्ति भन्नेहरुले कस्तो समाजको परिकल्पना गरेर महिलाका लागि मात्र भनेर सार्वजनिक यातायात संचालन गर्न खोजेको होलान?'  भनी प्रश्न गरेका छन्। उनले रविले भोटको सस्तो राजनिति गर्न खोजेको आरोप समेत लगाएका छन्।  

'नयाँ र वैकल्पिक शक्ति बनाउछौ भन्नेहरुले गर्न खोजेको काममा रुपान्तरणकारी सोच र योजना देखिनु पर्दछ । हरेक कामवाट भविष्यको सुन्दर दृष्य देखिनु पर्दछ । तर स्वतन्त्र पार्टीका अध्यक्षको अहिलेको कामले भोटको सस्तो राजनीति  गर्न खोजेको देखियो ।' पोखरेलले लेखेका छन्।  

‘दुनियाँका धेरै मुलुकहरूमा महिलाहरू बन्द समाजमा जकडिएको बेलामा नेपाली समाजमा अपवादबाहेक महिलाहरू सुरूदेखि नै तुलनात्मक हिसाबले स्वतन्त्र थिए। उत्पादनको काममा परिवारका सदस्यहरूसँग मिलेर एकसाथ काम गर्दथे। जबकी अहिले युवाहरूको ठूलो संख्या रोजगारीका शिलशिलामा विदेशिएका बेला ठूलो संख्यामा महिलाहरू परिवारको मुलीको रूपमा भूमिका निर्वाह गरिरहेका छन्,’ उनले लेखेका छन्,‘यस्तो अवस्थामा आफूलाई नयाँ शक्ति भन्नेहरूले कस्तो समाजको परिकल्पना गरेर महिलाका लागिमात्र भनेर सार्वजनिक यातायात सञ्चालन गर्न खोजेको होलान्रु जिज्ञासा उठ्नु स्वाभाविक हो।’

 

प्रकाशित: १८ श्रावण २०८० ०६:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App