७ वैशाख २०८१ शुक्रबार
राजनीति

हलेसी तुवाचुङ नगरपालिकामा कांग्रेस विजयी

हलेसी तुवाचुङ नगरपालिकाको मेयर र उपमेयरमा निर्वाचित इवन राई र बिमला राई ।

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा कांग्रेस विजयी भएको छ । यससँगै जिल्लाका दश वटै पालिकाकै अन्तिम परिणाम आइसकेको छ । एमालेका उम्मेद्वारलाई पराजित गर्दै कांग्रेसका इवन राई मेयर र बिमला राई हलेसी तुवाचुङ नगरपालिकाको उपमेयरमा निर्वाचित भएका हुन् । इवनले एमालेका उम्मेद्वारभन्दा ४ सय मत बढि ल्याएका छन् । उनले ४३९७ मत र निकटतम प्रतिद्वन्द्वी एमालेका खडेन्द्र राईले ३९९७ मत ल्याएका छन् । यस्तै, एमालेका उम्मेद्वारले भन्दा ५७४ बढी मत ल्याएर बिमला उपमेयरमा बिजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जीतका लागि बिमलाले ४४९६ मत र निकटतम प्रतिद्वन्द्वी मनिषा राईले ३९२२ मत ल्याएका छन् । 

प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल हलेसी रहेको नगरपालिकामा माओवादी केन्द्रले तेश्रो स्थान कायम गरेका छ । माओवादी केन्द्रका मेयरका प्रत्यासी हरिश्चन्द्र गिरीले १६८६ र उपमेयर कल्पना राईले १६३२, संघीय समाजवादी फोरमका मेयर बच्चु राईले २४९, उपमेयर मनुकुमारी राईले २८५, राप्रपाका मेयर पेशल बस्नेतले ५४, खम्बूवानका मेयर तुलसी तिलुङ खम्बूले ४९, उपमेयर कबिता खम्बूले ३७ र स्वतन्त्र उम्मेद्वार भोजराज बस्नेतले २१ मत प्राप्त गरेका छन् । 

११ वटा वडा रहेको हलेसी तुवाचुङ नगरपालिकामा ७ वडामा कांग्रेस, ३ वडामा एमाले र १ वडामा माओबादी केन्द्रका उम्मेद्वार वडाध्यक्षमा विजयी भएको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा कांग्रेसका रुद्रकुमार राई, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा एमालेका हरिकुमार खड्का, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा कांग्रेसका भलाराज राई, हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेमा कांग्रेसका किशोरकुमार बस्नेत, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा एमालेका रमेश तिवारी खत्री, हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारमा कांग्रेसका रमेशकुमार राउत वडाध्यक्षमा विजयी भएका छन् । यस्तै, हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानमा माओवादी केन्द्रका चइन्द्र राई, हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा कांग्रेसका पृथिबीराज राई, हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा कांग्रेसका काशीराज राई, हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेमा कांग्रेसका ज्ञानबहादुर पुरी र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा कांग्रेसका सन्तोष खत्री वडाध्यक्षमा विजयी भएका छन् । 

 

प्रकाशित: १८ असार २०७४ ११:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App