१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

कोशीमा राप्रपा तटस्थ बस्छः लिङ्देन

विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै राप्रपा अध्यक्ष लिङदेन। तस्बिरः चुमन बस्नेत/नागरिक

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले  कोशी प्रदेशमा राप्रपा तथस्ट बस्ने बताएका छन्। आज विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै लिङ्देनले कोशी प्रदेशको सरकार गठनमा राप्रपा तथस्ट बस्ने बताएका हुन्।  

अध्यक्ष लिङ्देनले आफूले बारम्बार कांग्रेस र एमालेलाई  मिलेर सरकार बनाउन अग्रह गरिरहेको बताउँदै राप्रपा तत्काल सरकारमा समावेश नहुने स्पष्ट पारे। लिङ्देनले भने ‘हामी अहिले  तथस्ट बस्छौं।’ लिङ्देनले कोशी प्रदेशमा संविधान अनुसार  अझै सरकार गठनका थुप्रै धाराहरू प्रयोग गर्न बाँकी रहेका कारण राप्रपा निर्णायक हुने अवस्था आएमा मात्रै पार्टीमा छलफल गरेर आबश्यक निर्णय गर्ने बताए। 

उनले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनको तयारी भइरहेको र अझै धरा १६८को उपधारा ३ र ५ को अभ्यास हुन बाँकी नै छ। ‘ सरकार निर्माणको अन्तिम विकल्प धारा १६८ को उपधारा ५ मा पुगेपछि मात्रै राप्रपाले कसलाई सघाउने कसरी सत्तामा साझेदारी गर्ने भन्ने निर्णय गर्छ’ उनले भने ‘अहिले हामी तथस्ट बस्छौं।’ कोशी प्रदेशमा कांग्रेसका संसदीय दलका नेता उद्वव थापाको नेतृत्वमा सरकार गठन गर्ने सत्तारुढ दलहरूले तयारी गरिरहेका छन्। थापाले सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर बहुमत जुटाउने तयारी गरेका छन्। ९३ सदस्य रहेको कोशी प्रदेशमा  सत्तारुढ गठबन्धनमा सभामुखसहित ४७ मत रहेको छ। जसमा कांग्रेसका २९, माओवादीका सभामुखसहित १३, जसपाका १ र नेकपा एकिकृत समाजवादीका ४ जना सांसद छन्। एमाले नेतृत्वको गठबन्धनमा एमालेका ४० र राप्रपाका ६ गरी ४६ जना सांसद छन्। 

प्रकाशित: १६ श्रावण २०८० ०६:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App