१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

डोटीको बोगटान गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा एमाले विजयी

डोटी- डोटीको बोगटान गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदबारले अध्यक्ष पदमा जीत निकालेका छन्। माओवादी केन्द्रका कमल बहादुर गडसिला (एनान)ले २ हजार ८९ मत साथ जीत निकालेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका टेक बहादुर बमले एक हजार आठ सय ८ मत ल्याए। यस्तै नेपाली कांग्रेसका दिल बहादुर बमले एक हजार सात सय १४  मत प्राप्त गरे।

उपाध्यक्षमा नेकपा एमालेकी भगवती बम बिजयी भएकी छन् । उनले एक हजार आठ सय ९४ मत प्राप्त गरेकी छन् । निकटतम् प्रतिद्वन्द्वीमा माओबादी केन्द्रकी चन्द्रादेबी भूलले एक हजार आठ सय ६८ मत ल्याईन् । नेपाली कांग्रेसकी बिष्नादेबी बमले एक हजार सात सय २९मत प्राप्त गरिन् ।

वडाहरुमा वडानम्बरझ–१, ४ र ५ मा माओबादी केन्द्रकै पुरै प्यानल बिजयी भएको छ । वडा नम्बर–२,३ र ६ मा नेकपा एमालेका उम्मेदवारका पुरै र आँशिक प्यानल बिजयी भएका छन् । वडा नम्बर–७ मा वडाअध्यक्षमा नेपाली कांग्रेसका उम्मेदबार देब बहादुर बमले जित निकाल्दा सदस्यहरु नेकपा माओबादी केन्द्रकै पक्षमा गएका छन् ।

प्रकाशित: १६ असार २०७४ १५:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App