१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

डोटीका तीन तहमा कांग्रेसको शुरुवाती अग्रता, अन्यमा केही बेरमा मतगणना

डोटी – डोटीका तीन वटा स्थानीय तहमा नेपाली कांग्रेसले शुरुवाती अग्रता लिएको छ । जिल्लाका दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका र केआईसिँह गाउँपालिकाको मतगणनाको प्रारम्भिक नतिजामा कांग्रेसले अग्रता लिएको हो । 

दिपायल सिलगढी नगरपालिकामा कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार बाजीसिँह खड्का –विजय)ले ५ सय मतको गणनामा ३ सय १ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेकी मञ्जु मलासीले ८४ मतले पछ्याईरहेकी छन् । उपमेयरमा कांग्रेसकी प्रसिस महराले एक मतको अग्रता काम गरेकी  छन् । उनको एक सय ९७ मत छ भने एमालेका शिबराज खड्काको एक सय ९६ मत छ । माओबादी केन्द्र तेस्रो स्थानमा निकै पछि छ । 

यस्तै शिखर नगरपालिकामा पनि ५ सय मतको गणना सकिदा नेपाली कांग्रेसका मेयरका उम्मेदवार सिताराज जोशीले २ सय ७१ मतका साथ अग्रता लिएका छन् । उनलाई एमालेका शेर बहादुर मल्लले १ सय ६५ मतले पछ्याईरहेका छन् । 

उपमेयरमा कांग्रेसकै धौलीदेवी रावलले २ सय ७१ र एमालेकी राधिका बोहाले एक सय ६८ मत प्राप्त गरेकी छन् । 

केआईसिँह गाउँपालिकाको अध्यक्षमा पाँच सय ४८ मतको गणना सकिदा नेपाली कांग्रेसका लोकेन्द्र बहादुर शाही २ सय ४२ मतका साथ अगाडि छन् ।  राष्ट्रिय जनमोर्चाका मिन बहादुर मलासीले एक सय ११ मतले पछ्याईरहेका छन् । एमालेका यज्ञराज जोशी एक सय ९ मतका साथ तेस्रो स्थानमा छन् । 

उपाध्यक्षमा नेपाली कांग्रेसकै मिना बिष्टले २ सय ४३ मत ल्याएर अग्रता लिइरहेकी छन् । 
तिनै तहका वडा नम्बर १ मा कांग्रेसकै वडाअध्यक्ष सहित अधिकांश पदहरुमा पनि अग्रता लिईरहेका छन् । 

बाँकी रहेका स्थानीय तहहरुमा पनि अहिले सर्बदलिय बैठक बसिरहेको छ । बैठकपछि केही बेरमा मतगणना शुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले  जनाएको छ ।

प्रकाशित: १५ असार २०७४ ०४:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App